खाडी संकट अन्त्य गर्नेबारे कुराकानी


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

कतारका अमीरले केही महिनायता आफ्नो देश र साउदी अरेबियाबीचको सम्बन्धमा देखिएको संकटबारे छलफल गर्न साउदी राजकुमारसँग फोनमा कुराकानी गरेका छन्।

अमीर शेख तमिम बिन हमाद अल-थानीले जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप साउदी राजकुमार मोहम्मद बिन सलमानलाई फोन गरेको बताइएको छ।

कतारका अमीरले वार्ताका लागि आग्रह गर्दै साउदी अरेबिया र अन्य तीन मुलुकले अघि सारेका मागहरुबारे छलफल गर्न आफ्नो मुलुक तयार रहेको बताएको विवरणहरु आएका छन्।

कतारले अलजजीरा टेलिभिजन नेटवर्क बन्द गर्नुपर्ने र इरानसँगको सम्बन्धमा कटौती गर्नुपर्ने लगायतका माग ती मुलुकहरुले अघि सारेका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कतार विवादले पार्ने पाँच प्रभाव

कतार संकट थप बल्झिन सक्ने संकेत

सम्बन्ध विच्छेद

जिहादी समूहहरुलाई सघाएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले गत जुन ५ तारिखमा कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए।

कतारले त्यो आरोप अस्वीकार गर्दै आएको छ।

कतार

त्यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारका अमीरसँग कुरा गर्दै आतंकवादविरुद्धको लडाइँमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

उनले साउदी अरेबिया र युएईका नेताहरुसँग पनि खाडी संकटबारे छुट्टा-छुट्टै कुराकानी गरेका थिए।

मध्यस्थता

खाडी मुलुकहरुबीच जारी संकट अन्त्यका निम्ति ट्रम्पले मध्यस्थता गर्ने प्रस्ताव समेत गरेका छन्।

साउदी प्रेस एजेन्सीले भनेको छ, “कतारका अमीरले वार्ताको टेबलमा बस्ने चाहना व्यक्त गर्दै सबै पक्षको हितलाई सुनिश्चित गर्न चार मुलुकले अघि सारेका मागबारे आफूहरुले छलफल गर्न चाहेको बताएका थिए।”

बहराइन, इजिप्ट र युइईसँग साउदी अरेबिया सहमतिमा पुगेपछि विस्तृत विवरण सार्वजनिक गरिने सो समाचार संस्थाले जनाएको छ।

साउदी अरेबियाले कतारसँगको नाका बन्द गरिदिएको छ भने सबै चार मुलुकले दोहासँग हवाई तथा जल सम्पर्क विच्छेद गरेका छन्।

तनाव अन्त्यका निम्ति पश्चिमा मुलुकहरुको समर्थनमा कुवेतले गर्दै आएको कूटनीतिक प्रयास सफल हुन सकेको छैन।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com