मेरिल्याण्डमा शान्तलाल प्रधान मृत फेला, जो केहीबर्ष अघि टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए


प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत भेटिएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । ४७ बर्षिय प्रधान मंगलबार मृत भेटिएको जनाइएको छ । उनको मृत्युको कारण केही खुलेको छैन ।

भरतपुरमा गणित शिक्षक समेत रहेका उनी आफ्नो परिवारको लागि उज्ज्वल भविष्य सुरक्षित गर्ने आकांक्षाका साथ २०१५ मा अमेरिका आएको गोफण्डमीमा जनाइएको छ । अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा बन्दुकधारीबाट लुटिएको समेत जनाइएको छ ।

२०१९ उनी न्यूरोलोजिकल रोगबाट पीडित भएका थिए जसका कारण उनी ६ महिनाभन्दा बढी ओछ्यानमा सीमित रहनु परेको थियो । उनी सबै कठिन संघर्षका बीच आफ्नो सपनालाई कहिल्यै हार नमानेको तथा आफ्नो परिवार खर्च, ऋण र छोराछोरीको ट्युसन शुल्क तिर्दै आएका गोफण्डमीमा उल्लेख छ । उनी छिट्टै आफ्नो ट्राभल डकुमेन्ट प्राप्त गरेर ९ बर्षपछि परिवार र साथीहरूलाई भेट्न नेपाल जाने योजनामा थिए ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको शवलाई नेपाल पठाउने र परम्परा अनुसार अन्तिम संस्कार गर्नको लागि गोफण्डमी सुरु गरिएको उल्लेख गर्दै सबैलाई सहयोगका लागि आव्हान गरिएको छ । उनकी पत्नी नेपालमा छिन् भने छोरी विद्यालयमा अध्ययनरत छिन् । छोराले भर्खर आफ्नो क्यारियर सुरु गर्दैछन् ।

सङ्कलन गरिएको रकम शव नेपाल पठाउने खर्चहरू कभर गर्न प्रयोग गरिनेछ । बाँकी रकम यस कठिन समयमा अन्त्येष्टि खर्च र अन्य आर्थिक आवश्यकताहरूलाई सहयोग गर्न नेपालका शोकसन्तप्त परिवारलाई सिधै हस्तान्तरण गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com