नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

जेरुसेलम (ईजरायल), २३ भदौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ ।

उहाँले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले शुक्रबार जानकारी दिनुभयो ।

झण्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उहाँ विरुद्धको मुद्धा अहिले विचाराधीन अवस्थामा रहेको छ ।

उहाँ विरुद्धको मुद्धामा अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको छ । त्यसका लागि उहाँलाई अदालतले बोलाउन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री पत्नी बेन्जामिनलाई दुरुपयोग गरेको सम्पत्ति तिराउने लगायतका कारबाही हुने संभावना रहेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com