Follow @khasokhasmag

अर्मा आँधीबाट क्यारिबियन क्षेत्रमा १४ को मृत्यु, बहामसतिर अघि बढ्दै, शनिबार फ्लोरिडा आउने


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

क्यारिबियन क्षेत्रमा आएको अर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । आँधी अहिले बहामसतिर अगाडि बढेको छ भने शनिबार फ्लोरिडा आइपुग्ने छ ।

शुक्रबार प्राप्त समाचारमा १४ को मृत्यु भएको र आँधी आएको प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन् ।

यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माले फ्रान्सको क्यारेबियन टापूमा मात्र आठ व्यक्तिको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका प्राप्त एक समाचारमा बताइएको छ ।

रेडियो फ्रान्स इन्फोसँग कुरागर्दै फ्रान्सका गृहमन्त्री जेराडकोलम्बले इर्माका कारण मृत्यु हुनेको संख्या थप वृदि हुनसक्ने बताउनुभएको थियो ।

फ्रान्स र नेदरल्याण्डको साझा टापू सेन्ट मार्टिनको ९५ प्रतिशत भूभाग आँधीका कारण नराम्ररी प्रभावित भएको छ ।

यसैबीच प्राप्त एक अर्को समाचार अनुसार इर्मा आँधीबाट पोर्टो रिकोमा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

यस आँधीको कारण पोर्टो रिकोमा दुई व्यक्तिको मृत्यु भएको पोर्टो रिको सङ्कटकालीन व्यवस्थापन विभागका अधिकारी कार्लोस एसेभेडो एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com