बाढीका कारण बालबालिकाको बिचल्ली


प्रकाशित मिति : भाद्र २३, २०७४ शुक्रबार

फ्रिटाउन, (सियरा लियोन), २३ भदौ । सियरा लिओनमा अगस्त महिनाको सुरुमा आएको भिषण बाढी र पहिरोका कारण कम्तीमा पनि पाँच हजार जना बालबालिकाको बिचल्ली भएको छ ।

उनीहरुमध्ये अधिकांशले अभिभावक गुमाएका छन् भने अरु कैयौँ घरबारबिहीन भएर बिचल्लीमा परेका छन् । बिचल्लीमा परेकाहरुलाई स्थानीय स्तरमा शिविर बनाएर रेखदेख गरी राखिएको छ ।

राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण हजारौँ व्यक्ति घरबारबिहीन भएको सूचना तथा सञ्चार उपमन्त्री कर्नेलिउस डेभेक्सले जानकारी दिनुभएको छ ।

सियरा लिओनको कानिङगो लगायतका समुदायलाई गत अगस्त महिनाको सुरुरित आएको बाढी पहिरोले असर पारेको छ । उद्वारसम्बन्धी विभिन्न निकायहरूमा ती घरबारबिहीन बालबालिकाको विवरण दर्ता भएको अधिकारीहरूले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार क्याथोलिक डन बस्को फम्बुल लगायतका स्थानीय केही गैरसरकारी संस्थाहरूले घरबार विहिन भएका बालबालिकाहरूका लागि आवासको व्यवस्था गरिदिएका छन् ।

बाढी पहिरोका कारण करिब पाँच सय जनाको मृत्यु भएको र उनीहरुको शव पनि धेरै पछिमात्र भेटिएको उपमन्त्री डेभेक्सले जानकारी दिनुभयो । उहाँले खोजी तथा उद्धार कार्यका लागि निकै गाह्रो भएको अनुभव पनि सुनाउनुभयो ।

ठूलो झरी र अविरल वर्षाका कारण अघिल्लो सोमबारदेखि देशका धेरै ठाउँमा गएको पहिरोमा परी करिब ६०० जना बेपत्ता भएका बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com