टेक्सासमा गोली हानी मारिएकी मुनाको अन्तिम संस्कार र परिवारको मद्दतका लागि गोफण्डमी अभियान


प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

टेक्सासको ह्युष्टनमा गोली हानी हत्या गरिएकी २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्तिम संस्कारका लागि सघाउन गोफण्डमीमा अभियान सुरु गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा सहयोगका लागि सबैसँग अपिल गरिएको छ । गोफण्डमी अभियानको उद्देश्य मुनाकी आमा अनितालाई अन्तिम संस्कारका लागि अमेरिका ल्याउनका लागि समेत आर्थिक रुपमा सघाउनु रहेको छ ।

गोफण्डमीमा गरिएको अपिलमा मुना र उनकी आमा बीचको गहिरो सम्बन्धलाई जोडदिदै अन्तिम क्षणहरूमा आफ्नी छोरीसँग हुन नपाउँदाको पीडालाई उल्लेख गरिएको छ । उठेको रकम अन्त्येष्टि खर्च कभर गर्न र आमा अनिताको ह्युस्टन यात्रालाई सहज बनाउन प्रयोग गरिनेछ।

यो समय आमा अनिताको लागि अकल्पनीय शोकको समय भएको उल्लेख गर्दै कठिन समयमा आमा अनितालाई साथ दिन समुदायलाई आग्रह गरिएको छ। योगदानले आर्थिक बोझ कम गर्न र अनितालाई छोरीको अन्तिम यात्रामा उपस्थित हुन मद्दत गर्नेछ। अभियानले मुनाको जीवनलाई सम्मान गर्न र गहिरो दुःखको यस घडीमा उनकी आमालाई सहयोग गर्न सहयोग आह्वान गर्दछ।

यदि तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आमा अनिताले पनि खसोखाससँगको कुराकानीमा आफ्नो आर्थिक स्थीति कमजोर भएकाले आफूलाई छोरीको अन्तिम संस्कारमा सहभागी हुनका लागि सहयोग गर्न अपिल गरेकी छिन् । उनले भनिन् – ‘त्यहीँ एउटा छोरी हो । मेरो त संसार नै सकिएको छ । सबै त्यागेर त्यसकै लागि बाँचेको थिए । माइती, मावली, घर, समाज सबै त्यागेर त्यही छोरीकोे लागि बाँचेकी थिए । अब छोरीको न्यायको लागि त्यो हत्यारा पत्ता लगाउनैपर्छ । नानीको शव बुझ्न र अन्तिम पटक भएपनि अनुहार हेर्न म त्यही जान चाहान्छु ।’

उनले भावविह्ल हुँदै भनिन् – ‘घटना भएको ठाउँमा गएर के भएको रैछ, सबै विस्तृत बुझ्न चाहान्छु । त्यहाँको प्रहरी, प्रशासनले चासो दिएन भने पनि त्यहाँको संघसंस्थाको सहयोगको मागेर हत्यारा पत्ता लगाउन दबाब दिन्छु । जसरी पनि एकपटक त्यो ठाउँमा जान मन छ मलाई । त्यसको लागि मलाई सहयोग गरिदिनुस् । मेरो आर्थिक अवस्था एकदमै कमजोर छ । भाडामा बसेकी छु । न नानीको लागि सबै सम्पत्ति त्यागेर बसेकी थिए । मलाई सहयोग गरिदिनुस् ।’

यसैबीच मुनालाई गोली हानी हत्या गर्ने संदिग्धको फोटो प्रहरीले सार्वजनिक गरेको छ । तर संदिग्धको थप पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

सीटीटिभी फुटेजबाट लिइएको उक्त फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको हो । संदीग्धलाई प्रहरीले पक्राउ गर्न सकेको छैन भने अवस्थीतिबारे पनि थाहा नभएको प्रहरीले जनाएको छ । संदीग्ध व्यक्ति मुनाको प्रेम सम्बन्ध रहेको भनिएका अमेरिकी युवक भने होइनन् ।

संदीग्ध व्यक्ति, जसलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न र पहिचान गर्न सकेको छैन ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको थियो ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ । मुनालाई तीनवटा गोली लागेको बताइएको छ ।

यसैबीच ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस मामलामा संदीग्धबारे जानकारी भएका जो कोहीलाई ७१३ ३०८ ३६०० मा ह्युस्ट प्रहरीमा सम्पर्क गर्न वा ७१३ २२२ ८४७७ मा क्राइम स्टपर्ससँग अज्ञात रूपमा कुरा गर्न आग्रह गरिएको छ।

उनी परिवारमा एकमात्र सन्तान हुन् । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ । घटनाको उद्देश्य के थियो भन्नेबारे पनि केही जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com