बर्षौपछि न्युयोर्कमा शुक्रबार नेपथ्यको लाइभ कन्सर्ट हुँदै


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले अगस्ट ३०, २०२४ मा न्यूयोर्कमा लाइभ प्रस्तुति दिने भएको छ। यो बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा हुने भएको छ । ३ हजार क्षमता भएको उक्त कार्यक्रमस्थलमा दर्शकहरुले ब्यान्डको चर्चित सांगीतिक प्रस्तुती हेर्न पाउनेछन् ।

नेपथ्यले अन्तिम पटक न्युयोर्कमा प्रदर्शन गरेको १ दशक पुग्न लागेको छ । नेपथ्य ब्यान्ड आफ्नो गतिशील प्रदर्शन र रक म्युजिकसंग परम्परागत नेपाली लोक संगीतको मिश्रण गर्ने क्षमताको लागी परिचित छ। न्यूयोर्कमा कार्यक्रम गर्न पाउँदा उत्साहित भएको बताउँदै ब्यान्डका प्रमुख गायक तथा संस्थापक अमृत गुरुङले यो कन्सर्ट प्रदर्शन मात्र नभई आफूहरुको यात्राको उत्सव समेत भएको बताएका छन् ।

कन्सर्टको टिकट अनलाइनमार्फत लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९० मा गठन गरिएको नेपथ्य ब्याण्ड नेपाली संगीतमा एक महत्वपूर्ण अंग बनेको छ । रक संगीतसंग लोक परम्परा एकीकरण गर्नको लागी परिचित यो ब्यान्डले छेक्यो छेक्यो, रेशम र भेडाको उनजस्तो जस्ता धेरै हिट गीतहरू उत्पादन गरिसकेको छ । शुक्रबारको कार्यक्रम डीजे रिट इन्टरटेन्मेन्ट, इसेन्स स्माइल्स र याक एनवाईसी प्रोडक्सन्सले गर्न लागेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com