आइसीसीको अध्यक्षमा जय शाह निर्वाचित, क्रिकेटलाई समावेशी र लोकप्रिय बनाउने प्रतिबद्धता


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को आगामी अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।

सन् २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सचिव र सन् २०२१ देखि एसियाली क्रिकेट परिषद्को अध्यक्षका रूपमा काम गर्नुभएका शाहले सन् २०२४ डिसेम्बर १ देखि यो प्रतिष्ठित भूमिका ग्रहण गर्नुहुनेछ ।

आइसिसीको मिडिया विज्ञप्तिअनुसार वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकाल नखोज्ने निर्णय गरेपछि शाह अध्यक्ष पदका लागि एक मात्र उम्मेदवार हुनुहुन्थ्यो ।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्ने मनसाय व्यक्त गर्नुभयो । विशेषरूपमा लस एन्जलस २०२८ ओलम्पिकमा यसको आगामी समावेशका साथै एक क्षणमा खेलको विकासका लागि उहाँले महत्त्वपूर्ण अवसरका रूपमा हेर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षका रूपमा निर्वाचित भएकामा म विनम्र भएको छु”, आइसिसीलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “म क्रिकेटलाई अझ धेरै विश्वव्यापी बनाउन आइसिसी टिम र हाम्रा सदस्य मुलुकहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छु, हाम्रो लक्ष्य क्रिकेटलाई पहिलाभन्दा धेरै समावेशी र लोकप्रिय बनाउनु हो ।”

आइसिसीको नेतृत्व गर्ने शाह सबैभन्दा कम उमेरको व्यक्ति बन्नुभएको छ । विगतमा आइसिसीको नेतृत्व गर्ने जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशाङ्क मनोहरजस्ता भारतीयमा पनि उहाँ सामेल हुनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com