पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।
अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भएपनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।
दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।”
“अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।