कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने तयारी


प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दे उहाँले कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा बितरण गरेको अर्बौ रुपैयाँ अनुदानको बिबरण सार्बजनिक गर्ने बताउनु भएको हो ।

मन्त्री अधिकारीले कृषि अनुदान लैजानेहरुको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको र केही दिनमा यो पनि सार्वजनिक हुने दावी गर्नुभयो ।

उहाँले दुग्ध किसानको वक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड दूग्ध किसानको हातमा गइसकेको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेढ अर्ब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उहाँले भन्नुभयो बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com