राष्ट्रपति बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता , प्रत्यक्ष प्रमाणको अभाव
प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार

President Joe Biden smiles as he meets with NATO Secretary General Jens Stoltenberg in the Oval Office at the White House, Monday, June 17, 2024. (AP Photo/Mark Schiefelbein)
रिपब्लिकनहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन बिरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् ।
रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् ।
रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ ।
न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले परिवार र व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताउनुभयो ।
यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् ।
बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन ।
प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछीको अवधिसँग सम्बन्धित थिए ।
बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गर्नुभएको छ ।
रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गर्दै आएका छन ।