मङ्कीपक्सको प्रकोप पछि विश्व स्वास्थ्य संगठनद्धारा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी सार्बजनिक स्वास्थ्य संकटकालको घोषणा गरेको छ । अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स अर्थात एमपक्स को प्रकोप फैलिएपछि (डब्ल्यूएचओ) ले संकटकालको घोषणा गरेको हो ।

अत्यधिक सङ्क्रामक रोग एमपक्सका कारण कङ्गोमा ४ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिले यो सङ्क्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ । यो कंगोबाट सुरु भएर १३ देशमा फैलिसकेको छ । अहिले सम्म यो रोगबाट ५१७ जनाको ज्यान गइसकेको छ ।

वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका छन ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ उहाँले भन्नुभएको छ ।

मानिसहरूलाई बिफर गराउने प्रजातिको भाइरसबाट मङ्कीपक्स सङ्क्रमण हुन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।

मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् ।

ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् । यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।
मङ्कीपक्सको सङ्क्रमणबाट आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया हुने र ज्यान पनि जान सक्छ ।

सङ्क्रमित व्यक्तिसँगको नजिकको संसर्गबाट पनि मङ्कीपक्स सर्न सक्छ । यस्तै भाइरसबाट सङ्क्रमित भएका वस्तु जस्तै रगत, लुगाबाट पनि सङ्क्रमण सर्न सक्छ । यो रोगको भाइरसले सन २०२२ मा पनि कैयौ मानिसको ज्यान लिएको थियो । एजेन्सीहरुको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com