ताम्राकार कम्प्लेक्समा मोवाइल किन्दा ६० प्रतिशतसम्म छुट, मोटरसाइकल उपहार
प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

काठमाडौं : न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोवाइल मेला सुरु भएको छ। ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ। ताम्राकार मोवाइल बजारले मेला अवधीभर मोवाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट व्यवस्था गरेको छ ।
सामसङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोवाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए। ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन्।
मोवाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने जानकारी दिए। दशैं र तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गरिने ताम्राकार मोवाइल बजारले जनाएको छ।
यसैगरी दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरिएको मोवाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए। साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गरिने उनले बताए।
मोबाइल मेला अवधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटीई, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोवाइल फोनको कारोबार हुनेछ।
बम्पर उपहार स्वरुप प्रदान गरिने सुजुकीको एक वटा जिक्सर मोटरसाइकल र एक वटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकैगरिने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडि नै लक्की ड्र मार्फत वितरण गरिने छ।