दैनिक तीन जना नेपालीले विदेशमै गुमाउँछन् ज्यान, १५ वर्षमा साढे १३ हजारबढीको मृत्यु


प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार

स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीहरूको लागि नौलो विषय होइन् । स्वदेशमा दुई छाक टार्नको लागि समेत सकस परेपछि  नेपालीहरू दैनिकी दुई हजार ५०० को संख्यामा विदेश पलायन भइरहेका छन् । कोही वृद्ध बुवा-आमा, कोही नाला बाला छोराछोरीहरूको न्यानो साथ छोडेर रोजगारीका विदेशिने गरेका छन् । घर–परिवार तथा गाउँ–समाज छाडेर सुनौलो भविष्यको खोजीमा युवाहरू विदेश जान बाध्य भएका हुन् ।

रोजगारीका लागि परदेश गएकाहरूमध्ये केहीको त राम्रै होला तर, सबैको जीवन सोचे जस्तो कहाँ हुन्छ र रु विदेश गएका कतिपयको सपना पूरा गर्न नपाउँदै इहलीला समाप्त हुने गरेको छ । विदेश गएका नेपालीहरू जीवितै स्वदेश फर्किन्छन् या बाकसमा फर्किन्छन् अन्दाज गर्ने अवस्था समेत छैन । वैदेशिक रोजगार बोर्डका अनुसार दैनिक सरदर ३ जना नेपालीले विदेशमा रोजगारी कै क्रममा ज्यान गुमाउने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेहरुको भीड

वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा एक हजार ३४६ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । श्रम स्वीकृति लिएर विदेश गएका ४१ जना महिला र १३ सय ४६ जना पुरुषको विदेशी भूमि मै इहलीला समाप्त भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । जुन, अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ९७ ले बढी हो । बोर्डका अनुसार मृत्यु हुनेमा २५ वर्षदेखि ४० वर्षको उमेर समूहका धेरै छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए । जसमा, ४५ जना महिला र ११ सय ६३ जना पुरुष थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालका अनुसार सबैभन्दा धेरै मलेसियामा नेपालीहरूले ज्यान गुमाउने गरेका छन् । यस्तै, दोस्रोमा साउदी अरब र तेस्रोमा  कतार छ । ‘नेपालीहरू सबैभन्दा श्रम गर्नको लागि जाने मुलुक नै मलेसिया हो । त्यस कारणले पनि मलेसिया मै धेरै नेपालीहरूको ज्यान जाने गरेको छ ।’ – बोर्डका प्रवक्ता ढकाल भन्छन् – ‘दोस्रोमा साउदी अरब र तेस्रोमा कतारमा नेपालीहरूले मृत्युवरण गरिरहेका छन् ।’

विदेशमा मृत्युहुने नेपालीहरुको शव ल्याउदैँ

 

मृत्युको प्रमुख कारण ‘प्राकृतिक कारण’, दोस्रोमा दुर्घटना
विदेशमा रोजगारीको क्रममै ज्याने गुमाउने नेपालीकोहरुको प्रमुख कारण नै प्राकृतिक कारण रहेको बोर्डको भनाइ छ । वैदेशीक रोजगारीमा गएका अधिकांशको सुतेको अवस्थामै निधन हुने गरेको अस्पतालको रिपोर्टले देखाउने गरेको बोर्डका प्रवक्ता ढकाल बताउँछन् । ‘नेपाली श्रमिकहरुको अधिकांश सुतेको ठाउँमै मृत्युहुने गरेको देखिएको छ । अधिकांशहरुको मृत्युको कारण नै प्राकृतिक मृत्यु नै हो ।’ – बोर्डका प्रवक्ता ढकालले भने ।

बोर्डका अनुसार दुर्घटना पनि नेपालीहरूको मृत्यु हुने कारण हो । सडक दुर्घटना र कार्यस्थलमा भएको घटनाले पनि नेपालीहरूले ज्यान गुमाउने गरेका हुन् । ट्राफिक नियमबारे ज्ञान नहुनुले सडक दुर्घटनामा नेपालीहरूको ज्यान जाने गरेको छ भने कार्यस्थलमा मेसिनरी सामानको प्रयोगमा असावधानी अपनाउँदा पनि नेपालीहरूले ज्यान गुमाउने गरेका हुन् । यस्तै, हर्ट अट्याक, विभिन्न रोग तथा आत्महत्या र हत्याको कारणले पनि नेपालीहरूको विदेशी भूमीमै निधन हुने गरेको छ ।

श्रमिकले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्याउन नसक्दा मृत्युका घटनाहरू बढेका हुन् । खानपानको असन्तुलन र आवश्यक आराम नपुग्दा श्रमीकहरुमा मुटु, मिर्गौला र फोक्सोको समस्या देखिने गरेको छ ।

विदेशमा मृत्युहुने नेपालीहरुको शव ल्याउदैँ

रोजगारीकै क्रममा ६५३ नेपाली अङ्गभङ्ग
रोजगारीका लागि विदेशीएका नेपालीहरू अङ्गभङ्ग हुने तथा गम्भीर रोगबाट पनि ग्रसित हुने गरेका छन् । बोर्डका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ म वैदेशिक रोजगारीको शिलसिलामा ६ सय ५३ जना श्रमिक अङ्गभङ्ग भएका छन् ।

बोडका अनुसार गत आर्थिक वर्षमा ३६ जना महिला र ६ सय १७ पुरुष अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका हुन् । जुन, अघिल्लो बर्षको तुलनामा ३८९ बढि हो । अघिल्लो आर्थिक वर्षमा तीन सय ८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका थिए ।

मृतकका परिवारलाई झण्डै ७० करोड आर्थिक सहायता
बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधी कायमै रहँदा ज्यान गुमाउने श्रमीकको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । तर, कतिपय ज्यान गुमाउने श्रमिकहरुको श्रम अवधी सकिएको अवस्थामा उनीहरुको परिवार बोर्डको आर्थिक सहायताबाट बञ्चित हुदै आएका छन् ।

बोर्डले गत आर्थिक वर्षमा मात्रै मृतक एक हजार तीनसय ४६ श्रमिकलाई परिवारलाई आर्थिक सहायता स्वरुप ६९ करोड, ९९ लाख ५ हजार सहयोग गरेको छ ।

यस्तै, अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका ६५३ जना श्रमिकलाई १९ करोड ४६ लाख ८५ हजाररुपैयाँ आर्थिक सहायता दिएको छ । बोर्डका अनुसार २६५ जना श्रमीकका परिवारका सदस्यले स्वास्थ्य उपचार खर्च प्राप्त गरेका छन् ।

विदेशमा मृत्युहुने नेपालीहरुको शव ल्याउदैँ

 

घरमै पुग्छ मृतकको शव 
सरकारले विदेशबाट आएको शवलाई मृतकको परिवारले भनेकै स्थानमा पुर्याउने गरेको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा ७७५ जना मृतकको शव उनीहरुको घरमै पुगेको हो । यस्तै, बोर्डले गत आर्थिक वर्षमा ३०८ जनाको अलपत्र शव नेपाल झिकाउन समन्वय गरेको छ ।

पछिल्लो १५ वर्षमा साढे १३ हजारबढी नेपालीको विदेशमै मृत्यु
बोर्ड उपलब्ध गराएको आर्थिक सहायता अनुसार पछिल्लो १५ वर्ष अर्थात् वि.सं. २०६५ सालयता १३ हजार ६ सय ४१ जना नेपाली श्रमीकले विदेशमै ज्यान गुमाएका छन् । जसमध्ये, तीन हजार ३ सय ९९ जनाको प्राकृतिक कारणले नै मृत्यु भएको छ भने २ हजार ५ सय १६ जना जनाको दुर्घटनाको कारण मृत्यु भएको छ । यस्तै, २ हजार ५ सय ३९ जनाको हृदयघातका कारण, १ हजार ३ सय २५ जनाको विभिन्न रोगको कारण मृत्यु भएको छ ।

बोर्डका अनुसार पछिल्लो १५ वर्षमा एक हजार ५ सय ५४ जनाको आत्महत्याको कारण मृत्यु भएको छ भने ७९ जना नेपालीको हत्याको कारण विदेशमै मृत्यु भएको छ । कोरोना संक्रमणका कारण २४२ जनाले मृत्युवरण गरे भने एक हजार ४ सय ३३ को कारण खुलेको छैन् । २ सय २१ जना नेपालीको मृत्युबारे अनुसन्धान भइरहेको छ ।

तस्वीर : दीपेन्द्र ढुंगाना/खसोखास

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com