साउदी नरेश अमेरिका जाने, कतारको कूटनीतिक संकट समाधानमा वार्ताहुने


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

वासिङ्टन, २२ भदौ । साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको ओपचारिक भ्रमणमा जानुहुने भएको समाचार छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको छ ।

साउदी अरेबियाका नरेश सल्मान आगामी बर्ष सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लाग्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ ।
उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्प र साउदी नरेश सल्मानबीच फोनमा वार्ता भएको थियो । त्यस वार्ताका क्रमम आगामी सो भेटमा द्विपक्षीय हितको प्रवर्धनका लागि के कसरी रणनीति बनाएर अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
उहाँहरुबीच मध्यपूर्वमा सुरक्षा र सम्बृद्धिको बारेमा के कसरी द्विपक्षीय रुपमा लाभान्वित हुने भन्ने बारेमा कुराकानी भएको ह्वाइट हाउसद्वरा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा उल्लेख गरिएको छ– दुवै नेताहरु यस विषयमा सहमत हुनुभयो कि साउदी नरेश सल्मान आगामी सन् २०१८ को सुरुवातमा अमेरिका भ्रमणमा आउनुहुने भएको छ ।

संयुक्त राज्य अमेरिका हाल कतारसँगको कूटनीतिक संकट समाधानका लागि मार्ग खोजिरहेको जनाएको छ । कतारको उसका छिमेकी मध्यपूर्वी देशसँग पछिल्लो समयमा सम्बन्ध बिग्रिएको छ ।

त्यसको समाधान गर्न अमेरिकाले चासो देखाएको बताइएको छ । यस विषयमा उहाँहरुबीचको भेटमा वार्ता हुने जनाइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com