अमेरिकाको भर्जिनियाबाट एकसातादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको खोजी गर्दै प्रहरी


प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

मनासस पार्क पुलिस डिपार्टमेन्टले अमेरिकाको भर्जिनिया मनाससबाट एकसातादेखि बेपत्ता नेपाली ममता काफ्लेको खोजी गरिरहेको छ । उनी जुलाई ३१ मा अन्तिमपटक मनासस पार्कमा देखिएको र त्यसपछि परिवार वा साथीहरुको सम्पर्कमा नरहेको भन्दै प्रहरीले ममता काफ्ले खोजीमा सघाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ । उनीबारे कुनै जानकारी भएमा मनासस पार्क पुलिसको फोन नम्बर ७०३ ३६१ ११३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

२८ बर्षीया ममता काफ्लेको ५ फिट उचाई, १३२ पाउण्ड तौल, कालो कपाल र गाढा खैरो आँखा भएको प्रहरीले व्याख्या गरेको छ । उनी लामो समयदेखि बेपत्ता भएकाले अनैच्छिक परिस्थितमा बेपत्ता भएको मानिएको छ । उनको परिवारले पनि ममता काफ्लेको खोजीका लागि सघाउन सार्वजनिक अपिल गरिरहेको छ । काभ्रेकी काफ्ले अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत रहेको उनको सामाजिक सञ्जाल प्रोफाइलमा उल्लेख रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अन्तिमपटक जुलाई २८ मा सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएको छ । उनका श्रीमान नरेश भट्टले पनि सामाजिक सञ्जालमार्फत ममताको खोजीमा सघाउन अनुरोध गरेका छन् । अमेरिकामा नेपाली समुदायका तर्फबाट ममता सकुशल फेला पर्ने अपेक्षा र कामना गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com