लाखौं खर्चेर मेक्सिकोहुँदै अमेरिका आएका २१ वर्षीय अमनलाई परिवारको आग्रहमा नेपाल पठाइयो


प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

लाखौं खर्चेर विनाभिसा मेक्सिकोबाट अमेरिका आएका नेपाली युवालाई परिवारको आग्रहमा नेपाल फिर्ता पठाइएको छ । न्युयोर्कमा बस्दै आएका २१ वर्षीय युवक अमन खानलाई नेपालमा रहेका परिवारको अनुरोधमा एनआरएनए अमेरिका र पर्वत सेवा समाज न्युयोर्क अमेरिकाको विशेष सहयोगमा अगस्ट ८ बिहिबार विहान कतार एयरलाइन्सको विमानमार्फत नेपाल पठाइएको पर्वत सेवा समाज न्युयोर्क अमेरिकाका महासचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

शर्माले खानलाई नेपाल पठाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । खानलाई नेपाल पठाउने कार्यमा अर्जुन लामिछाने, किशोर लामिछाने, सुरेश पराजुली, श्याम मगरती लगायतले सहयोग गरेका थिए । अमन खान झण्डै डेढबर्ष अगाडि अमेरिका आएका थिए । उनी केहीमहिनादेखि बिरामी समेत रहेका थिए । २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन झण्डै डेढबर्ष अगाडि अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

अमन खान

गत अप्रिलमा उनी न्युयोर्कबाट मेरिल्याण्ड जाने क्रममा झण्डै २ साता बेपत्ता भएका थिए । पछि उनलाई प्रहरीले न्युजर्सीमा फेला पारेको थियो । उनले आफू मेरिल्याण्डमा आइसकेपछि लुटिएको र लुटेराहरुले मोबाइल, झोला लगायतका सबै सामानहरु लुटेकाले कसैलाई सम्पर्क गर्न नपाएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कसैको पनि नम्बर याद नभएकाले कसैलाई सम्पर्क गर्न नसकेको र पछि प्रहरीको सम्पर्कमा पुगेपछि एलियन नम्बर बताउँदा प्रहरीको त्यसको माध्यमबाट स्पोन्सरको सम्पर्क नम्बर फेला पारेपछि सम्पर्क हुन सकेको उनले जानकारी दिएका थिए । आफू लुटिएपछि सार्वजनिक बसहरु चढ्दै र हिड्दै उनी न्युजर्सीको इष्ट विन्डसर पुगेको बताएका थिए । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ शिवालयका खान शुक्रबार काठमाडौं पुग्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com