क्यारिबियन क्षेत्रमा ठूलो विनाश


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

क्यारिबियन क्षेत्रमा ७ जनाको ज्यान लिएको र व्यापक धनजनको क्षति गराएको शक्तिशाली आँधी इर्मा पोएर्टो रिको पुगेको छ।

एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले करिव ३०० किलोमिटर प्रतिघण्टाको वेगमा आएका आँधीका कारण एक जना मारिएको र १६ सय जनाको बसोबास रहेको उक्त टापुका सबै भवन भत्किएको बताएका छन्।

उनले भने, “हामीले पछिल्लो दुई दशकमा २०० माइल प्रतिघण्टाको गतिमा आउनसक्ने आँधीसँग जुध्ने किसिमका घरहरु बनाएका थियौ तर पछिल्लो ७२ घण्टामा हामीले पछिल्लो आँधीसँग जुध्न आफ्ना श्रोत साधनको उच्चतम प्रयोग गर्नुपर्यो।”

उक्त शक्तिशाली आँधीले फ्रान्सको भूभाग पर्ने सेन्ट मार्टिनमा ६ जनाको ज्यान लिएको छ र सो क्षेत्र भग्नावशेषमा परिणत भएको अधिकारीहरुले जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जटिल

आपतकालिन सहयोगका प्रयासहरु बढी प्रभावित क्षेत्र सम्मको पहुँचमा देखिएका कठिनाई र सञ्चार सम्पर्कमा उत्पन्न जटिलताका कारण प्रभावित भइरहेका छन्।

आँधीतस्वीर कपीराइटAFP

सबैभन्दा शक्तिशाली अर्थात ‘क्याटेगोरी फाइभ’मा पर्ने उक्त आँधी भर्जिन आइलण्डबाट अघि बढिरहेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ।

एक दशकयताकै शक्तिशाली आँधीको सुरुको वेग २ सय ९५ किलोमिटर प्रतिघण्टा रहेको थियो र यो पोएर्टो रिकोको उत्तरी क्षेत्रबाट अघि बढ्दै डोमिनिकन रिपब्लिकको तटीय क्षेत्रमा बिहीबार पुग्ने बताइएको थियो।

पोएर्टो रिकोमा इर्माका कारण ठूलो वर्षा भइरहेको छ र आँधीबेहरी आएको छ।

चेतावनी

आँधी

घर बाहिर ननिस्कन चेतावनी दिइएपनि कैयौँ बासिन्दाहरु खानेकुरा, पानी र अन्य अत्यावश्यक सामाग्री किनमेल गर्न निस्किएका छन्।

अधिकारीहरुले कैयौँ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने चेतावनी दिएका छन्।

इर्मा आँधीले अमेरिकी मूलभूमीमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन् तर अधिकारीहरुले फ्लोरिडामा संकटकालको घोषणा गर्दै पर्यटकहरुको उद्धार सुरु गरेका छन्।

पोएर्टो रिको र भर्जिन आइलण्डमा पनि संकटकालको घोषणा गरिएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com