नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको प्रधानमन्त्रीमा नियुक्त


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

(FILES) Bangladeshi Nobel peace laureate Muhammad Yunus prepares to leave after filing an appeal for the extension of his bail at Labour Appellate Tribunal in Dhaka on March 3, 2024. Student leaders in Bangladesh on August 5, demanded Nobel winner Muhammad Yunus lead a caretaker government, a day after the military took control as mass demonstrations forced longtime ruler Sheikh Hasina to flee the country. (Photo by REHMAN ASAD / AFP)

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको समन्वय समितिका १३ सदस्यसँग कुराकानी गरेर युनुसलाई नियुक्त गरेको घोषणा गरेका हुन् ।

यो वार्तामा तीनै सेनाका प्रमुख पनि सहभागी थिए । यसअघि राष्ट्रपतिले देशको संसद विघटन गरेपछि अब नयाँ निर्वाचनको बाटो खुलेको छ ।

मंगलबार नै प्रमुख प्रतिपक्षी नेता तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई पनि रिहा गरिएको थियो । आन्दोलनरत विद्यार्थीहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नाम प्रस्ताव गरेका थिए ।

विद्यार्थी आन्दोलनको संयोजक समितिमा रहेका नाहिद इस्लामले अन्तरिम सरकारको मुहम्मद युनुसलाई प्रधानमन्त्री बनाउने विषयमा विद्यार्थीहरुबीच सहमति भएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवनियुक्त प्रधानमन्त्री युनुसले हसिना सरकार हटाउने निर्णयको स्वागत गरेका छन् । बंगलादेशका लागि यो दोस्रो स्वतन्त्रता जस्तै भएको बताए ।

युनुसलाई ग्रामीण बैंकमार्फत गरिबी उन्मूलनका लागि गरेको प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। सन् २००९ मा शेख हसिना सत्तामा आएपछि युनुसविरुद्ध दर्जनौं मुद्दा दर्ता भएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com