उत्तर कोरियाको परमाणु परीक्षणको भर्त्सना


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

उत्तर कोरियाले ठूलो परमाणु परीक्षण गरेकोप्रति कडा आलोचना गर्दै दक्षिण कोरियाले सो कदमलाई “पागलशैलीको लापरवाही”को संज्ञा दिएको छ।दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जङ्-अनले पागलले जस्तै लापरवाही गरिरहेको प्रतिक्रिया दिएको छ।पछिल्लो परमाणु परीक्षणलाई उत्तर कोरियाले पछिल्लो समयमा गरेको पाँचौ यस्तो खालको परीक्षण भनिएको छ।यो परीक्षण यसअघिका परिक्षणभन्दा दुई गुणा शक्तिशाली भएको ठानिएको छ। पछिल्लो विस्फोट दोस्रो विश्वयुद्धको बेला जापानको हिरोशिमामा खसालिएको बमभन्दा पनि शक्तिशाली भएको बताएको छ।   दक्षिण कोरियाली राष्ट्रपति पार्क गन-हेले पछिल्लो विस्फोटले उत्तर कोरियालाई “आत्मविनाश”को बाटोमा लैजाने र यसबाट उत्तर कोरियाविरुद्ध नाकाबन्दीहरु थपिने बताएकी छिन्।

अमेरिकामा, पेन्टानगले उत्तर कोरियाको पछिल्लो कदमले “गम्भीर रुपमा उत्तेजित पार्ने काम भएको” र त्यो राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव विपरीत भएको प्रतिक्रिया दिएको छ। रुसले पछिल्लो परिक्षणलाई खतरनाक कदमको संज्ञा दिएको छ।उत्तर कोरियाको एक प्रमुख मित्र शक्ति चीनले पनि उत्तर कोरियाको कदमको भर्त्सना गरेको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले पछिल्लो परिस्थिति असह्य भएको प्रतिक्रिया दिएका छन्।उत्तर कोरियाको भनाइमा पछिल्लो परिक्षणसंगै उस्ले नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको छ। उस्ले त्यो युध्दशीर्षमा परमाणु अस्त्र राख्न सकिने बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com