हमास प्रमुखको हत्याबारे अमेरिकालाई जानकारी थिएन : विदेशमन्त्री ब्लिङ्केन


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

SINGAPORE-US-DIPLOMACY

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याका बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताउनुभएको छ ।

“यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिन, म तपाईंलाई भन्न सक्छु कि युद्धविरामको अपरिहार्यता सबैका लागि रहेको महत्त्व राख्दछ”, आफ्ना स्टाफले साझा गरेको ट्रान्सक्रिप्टअनुसार सिङ्गापुर समाचार एसिया च्यानलसँगको अन्तरवार्तामा उहाँले भन्नुभयो ।

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानिया इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने वाचा गर्नुभएको छ । हमासको आक्रमणपछि युद्ध सुरु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिङ्टन इजरायलको प्रमुख सैन्य समर्थक हो र उसले युद्धविरामका लागि जोड दिइरहेको छ । विदेशमन्त्री ब्लिङ्केनले ‘हमासको गोलीबारीमा फँसेका’ इजरायली बन्धक र गाजाबासीका लािग लागि युद्धविराम ‘स्पष्टरूपमा हितमा रहेको’ बताउनुभएको छ ।

प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहनुभएको थियो ।

सिङ्गापुरको भ्रमणमा रहनुभएका ब्लिङ्केनले गाजा युद्धविराम द्वन्द्वलाई बाँकी क्षेत्रमा फैलिनबाट रोक्न महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“हामी पहिलो दिनदेखि नै गाजामा राम्रो स्थानमा पुग्ने प्रयास मात्र नभई द्वन्द्वलाई फैलिनबाट रोक्न पनि काम गरिरहेका छौँ, चाहे त्यो लेबनान र हिजबुल्लाहसँग उत्तरमा होस वा हुथीहरूसँग लाल सागरमा होस् । इरान, सिरिया, इराक, तपाईं यसको नाम बताउनुहोस्”, उहाँले सिटी स्टेटमा एक फोरमलाई भन्नुभयो, “यस्तो नहोस् र हामी राम्रो स्थानमा जान सक्छौँ भनेर सुनिश्चित गर्न प्रयास गर्ने एउटा ठूलो समाधान भनेको युद्धविराम पाउनु हो ।”

युद्धविराम वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता एवं हानियासहित हमासको राजनीतिक नेतृत्वलाई आतिथ्यता प्रदान गर्ने कतारले हत्यापछि वार्ताको भविष्यमाथि प्रश्न उठाएको छ । हमासले आफ्नो अनुभवी नेताको ‘कायरतापूर्ण’ हत्या ‘अनुत्तरित नहुने’ वाचा गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com