उत्तर कोरियाले गर्यो आणविक परीक्षण


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

उत्तर कोरियाले आज आणविक वम परीक्षण गरेको छ । यो परीक्षणले पाँच दशमलव तीन रेक्टर भूकम्प बराबरको कम्पन ठूलो भूगागमा गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार शुक्रबार बिहान गरिएको आणविक वम परीक्षणको उत्तर कोरियाले औपचारिक घोषणा गरेको छैन । सो परीक्षणमा दश किलोटनको बम विष्फोट गराइएको थियो ।

युएस जियोलोजिकल सर्भेले उत्तर कोरियामा पाँच दशमल एक रेक्टरको कम्पन गतिविधि तत्काल रेकर्ड गरेको भन्दै सो कम्पन भौगर्भिक कारणले नभएर विष्फोटको कारणले भएको जनाएको छ । परीक्षणको तत्कालै जापानको भौगर्भिग निकायले पनि उत्तर कोरियामा रेकर्ड गरिएको कम्पन भूकम्पीय नभएर विष्फोटको कारणले भएको जनाएको छ ।आज उत्तर कोरियामा स्थापना दिवस मनाईंदैछ । आजकै दिन उत्तर कोरियामा अहिलेका शाषकका हजुरबुबा सत्तामा पुगेका थिए । यो परीक्षण त्यही कारण गरिएको विश्वास गरिएको छ ।

आणविक वम परीक्षण गरिनासाथ जापानी प्रधानमन्त्री सिन्जो आवेले परीक्षणको कडा शब्दमा भतर््सना गरेका छन् । त्यसैगरी भूगोल जोडिएको छिमेकी दक्षिण कोरियाले पनि परीक्षणको भत्र्सना गरेको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेको खबर आउनासाथ दक्षिण कोरियाको सेयर बजारको सूचकांक व्हात्तै गिरेको छ भने अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाली मुद्रा वनको भाउ पनि घटेको छ ।

उत्तर कोरियाले गरेको यो पाँचौं आणविक परीक्षण हो । आजको परीक्षण अहिलेसम्मकै ठूलो भएको जनाइएको छ । यसअघि गत जनवरीमा उत्तर कोरियाले हाइड्रोजन वम परीक्षण गरेको थियो । आणविक परीक्षण गरेपछि उत्तर कोरियालाई वर्षाैंदेखि संयुक्त राष्ट्रसंघले नाकावन्दी गरिरहहेको छ । नाकावन्दीको पर्वाह नगरी यो देशले पुन: आणविक परीक्षण गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com