राष्ट्रपति उम्मेदबार बन्न कमला ह्यारिसलाई प्रयाप्त डेलिगेटहरुबाट समर्थनको वाचा
प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार
FILE – Sen. Kamala Harris, D-Calif. is seen on Capitol Hill, Jan. 10, 2017, in Washington. She’s already broken barriers, and now Vice President Harris could soon become the first Black woman to head a major party’s presidential ticket after President Joe Biden’s ended his reelection bid. The 59-year-old Harris was endorsed by Biden on Sunday, July 21, after he stepped aside amid widespread concerns about the viability of his candidacy. (AP Photo/Cliff Owen, File)
बहुसंख्यक डेमोक्र्याटिक डेलिगेटहरुले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको रूपमा उपराष्ट्रपति ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् । यसबाट अब अर्को महिना हुने नेशनल कन्भेन्सनमा ह्यारिसको उम्मेदवारी सुरक्षित हुने सम्भावना रहेको संकेत मिलेको छ ।
पहिलो चरणको मतदानमा मनोनयन जित्नका लागि उम्मेदवारलाई करिब ४ हजार मध्ये कम्तीमा १ हजार ९ सय ७६ डेलिगेटको समर्थन चाहिन्छ। सोमबार साँझसम्म कम्तिमा तीन दर्जन राज्यका २२१४ डेलिगेटले ह्यारिसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

यी प्रतिज्ञाहरू ह्यारिसको लागि प्रतीकात्मक समर्थन हो । डेलिगेटहरुले पछि आफ्नो मन परिवर्तन गर्न समेत सक्छन्। डेलिगेटहरुले औपचारिक रूपमा मतदान नगरेसम्म ह्यारिस आधिकारिक रूपमा पार्टीक तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्ने छैनन्।
ह्यारिसले आफ्नो चुनावी अभियानको सुरुवात सोमबार विल्मिंगटन, डेलावरमा रहेको मुख्यालयमा उपस्थित भएर गरिसकेकी छिन् । राष्ट्रपति बाइडेनको सप्राइज फोन कल लिदै उनले अभियानको सुरुवात गरिन् । चुनावी दौडबाट बाहिरिएपछि बाइडेनले ह्यारिसका वरिपरि गोलवद्ध हुन आग्रह गरेका थिए ।





