कोरियन एयरद्वारा ४० बोइङ विमान अर्डर


प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

कोरियन एयरले सोमबार बेलायतको फर्नबोरो एयरसोमा ४० वटा बोइङ ७८७ र ७७७ एक्स बाइड–बडी विमानका लागि अर्डर गरेको छ । यसबाट सङ्कटग्रस्त अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई बढावा प्राप्त भएको छ ।

दशवटा थप ७८७ विमानको विकल्प समावेश भएको उक्त सम्झौता इन्धन–कुशल जेटहरूका लागि सूची मूल्यअन्तर्गत १५ अर्ब डलरको रहेको छ । यद्यपि एयरलाइन्सहरूले सामान्यतया कार्यक्रमहरूमा प्रस्तुत गरिएका आकर्षक सम्झौतामा ठूलो छुट हासिल गर्दछन् ।

“मलाई बोइङमा पूर्ण विश्वास छ”, कोरियन एयरका प्रमुख कार्यकारी वाल्टर चोले अमेरिकी समूहको हालैको सुरक्षा समस्याहरूका सन्दर्भमा सम्झौताको अनावरण समारोहमा पत्रकारहरूसँग भन्नुभयो, “हामी अहिले नयाँ डिजाइनहरूमा काम गरिरहेका छौँ, हामीले सधैँ उत्कृष्ट ग्राहक अनुभव र आरामको प्रयास गरिरहेका छौँ ।”

सोलस्थित एयरलाइन्सले पहिलो डेलिभरी सन् २०२८ मा हुने अपेक्षा गरेको छ । “यी नयाँ जहाजले यात्रीहरूको सुविधा बढाउनेछन् र परिचालन क्षमता वृद्धि गर्नेछन् । साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउनेछन् । यसबाट दिगो उड्डयनका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई समर्थन गर्दछ”, चोले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिणपूर्वी इङ्गल्यान्डमा आयोजित बेलायतको द्विवार्षिक फर्नबोरो एयरसो बोइङ र युरोपेली कट्टर प्रतिद्वन्द्वी एयरबसबीच अर्डरको वर्चस्वमा परम्परागत हवाई लडाइँ हो । यद्यपि सुरक्षा चिन्ताहरूका बीच बोइङलाई ब्याकलगका कारण नोक्सान भएको छ ।

जनवरीमा अलास्का एयरलाइन्सले उडान गरेको ७३७ एमएएक्स फ्युसेलेज प्यानलमा आगो लाग्दा विमानले आपत्कालीन अवतरण गर्नुपरेको थियो ।

बोइङले अमेरिकी समूह नेसनल एयरलाइन्सले चार ७७७–२०० वाइड बढी मालवाहक विमानका लागि अर्डर गरेको सोमबार घोषणा गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com