अमेरिकामा रिटायर्डका लागि सबैभन्दा उत्कृष्ट राज्यको सुची प्रकाशित, न्युयोर्क किन सबैभन्दा खराबमा?


प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

people walking on street during daytime

अमेरिकामा रिटायर्ड जीवन विताउनका लागि सबैभन्दा उत्तम राज्यहरुको नयाँ सुची प्रकाशित गरिएको छ । सस्तो, उच्च गुणस्तरको स्वास्थ्य सेवामा पहुँच, समग्र कल्याण र अन्य कोटीहरूमा उच्च अंकको आधारमा यो सुची निर्धारण गरिएको हो । बैंकरेटको वार्षिक रैंकिंगमा सबैभन्दा उत्कृष्टमा शीर्ष स्थानमा डेलावर परेको छ ।

बैंकरेटले राज्यहरूलाई पाँच प्रमुख मेट्रिक्समा स्कोरको आधारमा क्रमबद्ध गरेको हो । किफायती, समग्र कल्याण, स्वास्थ्य सेवामा पहुँच, मौसम र अपराध दरका आधारमा उक्त सुची तयार पारिएके हो । धेरैजसो रिटायर्ड हुनेहरुका लागि सस्तोको महत्त्वलाई ध्यानमा राख्दै सस्तोलाई अन्य कोटिहरू बढी महत्व दिइएको छ ।

कुल स्कोरको ४० प्रतिशत सस्तोको लागि, २५ प्रतिशत समग्र कल्याणका लागि, २० प्रतिशत स्वास्थ्य सेवामा पहुँचका लागि, १० प्रतिशत मौषमका लागि र ५ प्रतिशत अपराध दरका लागि दिइएको छ । किफायती मेट्रिकका कारण डेलावेयर २ नम्बरबाट १ नम्बरमा आएको हो । उत्कृष्टमा दोश्रोमा वेष्ट भर्जिनिया, तेश्रोमा जर्जिया, चौथोमा साउथ क्यारोलिना र पाँचौंमा मिजौरी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा खाद्यान्नको मूल्य २०१९ पछि नाटकीय रूपमा बढेको छ । ३० बर्षको तुलनामा अमेरिकीहरूले आफ्नो आम्दानीको सबैभन्दा बढी खाद्यान्नमा खर्च गरिरहेका छन् । अप्रिल २०२३ को तुलनामा अप्रिल २०२४ मा घरको मूल्य ५ दशमलव ३ प्रतिशतले बढेको छ । गाडीको इन्सुरेन्स गत जुनमा अघिल्लो बर्षको तुलनाम १९ दशमलव ५ प्रतिशतले बढेको छ ।

डेलावेयरमा जीवनयापनको लागत राष्ट्रिय औसत भन्दा उच्च भएपनि राज्यले अन्य किफायती मेट्रिक्समा राम्रो स्कोर गरेको छ। उदाहरणका लागि यसमा कुनै राज्य वा स्थानीय बिक्री कर छैन । बासिन्दाहरूले सामाजिक सुरक्षा लाभहरूमा आयकर तिर्न पर्दैन। राज्यले बासिन्दाहरूलाई उच्च गुणस्तरको स्वास्थ्य सेवामा पहुँच पनि प्रदान गर्दछ ।

रिटाडर्य जीवन विताउनका लागि सबैभन्दा खराब अर्थात् ५० औं नम्बरमा अलास्का रहेको छ । अलास्कापछि सबैभन्दा खराब ४९ औं नम्बरमा न्युयोर्क र ४८ औं नम्बरमा वासिंटन रहेका छन् । क्यालिफोर्निया ४७ नम्बरमा रहेको छ । जीवनयापनको उच्च लागतको कारण यी राज्यहरु सबैभन्दा खराबमा परेका हुन् । रिटायर्ड जीवनमा व्यक्तिले एक निश्चित आयमा भरपर्नुपर्ने भएकाले जीवनयापनको उच्च लागतका कारण यी राज्यमा बस्नु तनावपूर्ण हुन सक्छ।

सम्पूर्ण सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com