‘सैन्य उन्माद’ नगर्न पुटिनको चेतावनी


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासंग जोडेर भइरहेको ‘सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन्।

चीनमा एक सम्मेलनमा बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै “उनीहरुले बरु घाँस खान्छन् तर आफ्ना परमाणु कार्यक्रम छाड्दैनन्” भनेका छन्।

कुटनीति एक मात्र जवाफ रहेको उनले बताए।

उत्तरको जवाफ

सोमबार अमेरिकाले कडा प्रतिबन्ध सहितको नयाँ प्रस्ताव संयुक्त राष्ट्रसंघमा टेबल गर्ने बताएको थियो।

यसबीच राष्ट्रसंघका निम्ति उत्तर कोरियाका राजदूत हान ते सङ्ले उनको देशले हालै गरेका परमाणु तथा क्षेप्यास्त्र परीक्षण अमेरिकाको निम्ति उपहार भएको बताए।

वाशिंगटनले प्योङ्याङ्माथि दबाब दिने ‘व्यर्थका प्रयास तथा जोखिमपूर्ण उक्साहट’ गर्न नछाडे आफ्नो देशले थप परीक्षण गर्ने उनले बताए।

Source : BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com