बाइडेनलाई कोभिड संक्रमण, आइसोलेशनका लागि डेलावरमा रहेको घरमा फर्कने


प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार

President Joe Biden travels aboard Marine One on Tuesday, February 28, 2023, to the White House. (Official White House Photo by Adam Schultz)

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण पुष्टी भएको छ । चुनावी अभियानका क्रममा लस भेगासमा रहेका बाइडेनलाई परीक्षण गर्दा कोभिड संक्रमण पुष्टी भएको हो । ह्वाइट हाउसका अनुसार उनले हल्का लक्षणहरू अनुभव गरिरहेका छन्।

८१ बर्षका बाइडेन आइसोलेशनमा बस्नका लागि डेलावरमा रहेको घर फर्कने भएका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले प्याक्सलोभिडको पहिलो डोज लिएका छन् । उनले रुघा खोकी र सामान्य अस्वस्थताको अनुभव गरिरहेको बताइएको छ ।

बाइडेनले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिए भने बुष्टर डोज पनि लगाएका थिए । ह्वाइट हाउसले राष्ट्रपतिको हैसियतमा उनको नियमित स्वास्थ्य अपडेटहरू उपलब्ध गराउने भएको छ किनभने आइसोलेशनका क्रममा पनि उनले कार्यालयको काम कर्तव्यहरू जारी राख्ने भएका छन् ।

बाइडेन बेलुकी साढे ६ बजे लस भेगासमा एयर फोर्स वनमा चढेका छन् । राष्ट्रपतिले विमानमा चढ्दा मास्क लगाएको भने देखिएको थिएन । बाइडेनको तापक्रम र श्वासप्रश्वासको दर सामान्य रहेको छ । पल्स अक्सिमेट्री रिडिंगमा अक्सिजनको स्तर ९७ प्रतिशत देखिएको छ ।

बाइडेनले लस भेगासमा युनिडोस युसको वार्षिक सम्मेलनमा बुधबार दिउँसो मन्तव्य दिने कार्यक्रम थियो। तर उनी साढे ४ बजे मन्तव्य दिने उक्त कार्यक्रममा उपस्थीत भएनन् । साँझ ६ बजेपछि भ्बाइडेनलाई कोरोना संक्रमण भएको भींडलाई जानकारी दिइएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com