प्रहरीको गोली प्रहारबाट रिपब्लिकन नेशनल कन्भेन्सन नजिक चक्कु बोकेका व्यक्तिको मृत्यु


प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

Republican presidential candidate former President Donald Trump, applauds with Republican vice presidential candidate Sen. JD Vance, R-Ohio, during the Republican National Convention Tuesday, July 16, 2024, in Milwaukee. (AP Photo/Nam Y. Huh)

विस्कन्सिनको मिलाउकीमा रिपब्लिकन नेशनल कन्भेन्सन नजिकै दुईवटा चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेका छन् । प्रहरी अधिकारीहरुले दुबै हातमा चक्कु भएको व्यक्तिलाई गोली हानेका थिए ।

उक्त व्यक्तिले प्रहरीको आदेशलाई अस्वीकार गरेको प्रहरीले गोली चलाउनु अगाडि एक निहत्था व्यक्तिलाई आक्रमण गरेको जनाइएको छ । घटनास्थलबाट दुईवटा चक्कु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बडी क्यामेरा फुटेज पनि जारी गरेको छ ।

प्रहरी अधिकारीहरुले चक्कु फ्याक्न आदेश दिंदा हतियारधारी व्यक्ति निशस्त्र व्यक्तितर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको फुटेजमा देखाइएको छ । ओहायोका प्रहरी अधिकारीहरुले हतियारधारीमाथि गोली चलाएका थिए ।

सोमबार सुरु भएको र बिहीबार समापन हुने सम्मेलनको लागि थप सुरक्षा प्रदान गर्दै विभिन्न क्षेत्रका हजारौं अधिकारीहरू मिलाउकीमा छन्, जसमा विस्कन्सिनबाहिरका प्रहरी पनि खटिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक जना आफन्त र अन्यले मारिएका व्यक्तिलाई ४३ वर्षीय स्यामुएल शार्पको रूपमा पहिचान गरेका छन्। मिलाउकीका बासिन्दाहरू तुरुन्तै घटनास्थलमा जम्मा भएका थिए । उनीहरुले राज्यबाहिरको प्रहरी आएर गोली चलाएकोमा विरोध गरेका थिए । सार्पको हत्या भएको रगतले लतपतिएको स्थानमा करिब १०० जनाले मंगलबार राति दीप प्रज्वलन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com