विदेशी एजेन्टको रूपमा काम गरेको अभियोगमा अमेरिकी सिनेटर दोषी ठहर


प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार

NEW YORK, NEW YORK – JULY 15: U.S. Sen. Bob Menendez (D-NJ) leaves Manhattan federal court on July 15, 2024 in New York City. Menendez and his wife Nadine are accused of taking bribes of gold bars, a luxury car, and cash in exchange for using Menendez’s position to help the government of Egypt and other corrupt acts according to an indictment from the Southern District of New York. The jury has begun deliberations in the trial. Adam Gray/Getty Images/AFP (Photo by Adam Gray / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

न्यु जर्सीका सिनेटर रोबर्ट (बब) मेनेन्डेजलाई विदेशी एजेन्टको रूपमा काम गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनी लाखौं डलर नगद, लक्जरी कार र सुन बदलामा आफ्नो कार्यालय विदेशी शक्तिहरू र व्यापारीहरूलाई बेच्ने योजनामा ​​सहभागी भएको सबै अभियोगमा दोषी ठहर भएका हुन् ।

१२ न्युयोर्कवासीहरूको एक जुरीले वायर फ्रड, घुसखोरी र जबरजस्ती लगायतका आरोपहरूमा डेमोक्रेटिक सिनेटर मेनेन्डेजलाई दोषी ठहराएको छ । अमेरिकाको इतिहासमा संघीय अपराधमा दोषी ठहरिने उनी सातौं अमेरिकी सिनेटर हुन् । उनको कार्यकाल यसैबर्ष समाप्त हुँदैछ ।

सिनेटर चक शुमरले मेनेन्डेजलाई राजीनामा गर्न आह्वान गरेका छन् । न्युजर्सीका डेमोक्र्याटिक गभर्नर फिलिप मर्फीले पनि मेनेन्डेजले पद त्याग्नु पर्ने र यो सिट खाली भएमा भर्नका लागि अस्थायी नियुक्ति गर्ने बताएका छन् ।

अदालतको बाहिर पत्रकारहरूसँग कुरा गर्दै मेनेन्डेजले आफू निराश भएको र फैसलाविरुद्ध अपील गर्ने बताएका छन् । आफू आफ्नो देश र आफ्नो देशको लागि देशभक्त बाहेक अरू केहि नभएको उनको दावी छ ।

करिब १२ घण्टा विचार विमर्श गरेको जुरीले सिनेटरलाई घुस दिएको आरोपमा दुई व्यापारीहरू फ्रेड डाइब्स र वेल हानालाई पनि दोषी ठहर गरेको छ । यस मुद्दामा अक्टोबर २९ मा सजाय तोकिनेछ भने कतिपय मुद्दामा २० वर्षसम्मको जेल सजाय हुन्छ।

अभियोजकहरूले मेनेन्डेज र उनकी श्रीमतीलाई सिनेटको विदेश सम्बन्ध समितिको डेमोक्र्याटिक नेता हुँदा घूसमा संलग्न भएको आरोप लगाए। सिनेटर मेनेन्डेजले इजिप्टको एजेन्टको रूपमा काम गरेको र भुक्तानीको बदलामा न्युजर्सीमा आपराधिक अभियोगहरू खारेज गर्न मध्यस्थता गरेको र त्यसपछि यसलाई ढाक्न खोजेको दाबी अभियोजकहरुको रहेको थियो ।

आफ्नो समापन तर्कमा एक संघीय अभियोजकले मेनेन्डेजलाई षड्यन्त्रको मास्टरमाइन्डको रूपमा चित्रण गरेका थिए । वाशिंगटनमा सबैभन्दा शक्तिशाली व्यक्तिहरू मध्ये एक हुँदामा उनलाई पर्याप्त नभएको र उनले आफ्नो र आफ्नी पत्नीको लागि धन जम्मा गर्न पदको दुरुपयोग गरेको अभियोजकको आरोप थियो ।

सिनेटरकी पत्नी नादिन मेनेन्डेजलाई पनि अभियोग लगाइएको थियो। तर क्यान्सरको उपचार गराइरहेका बेला उनको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ । उनी अदालतमा उपस्थित थिइनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेनेन्डेज विदेशी एजेन्टको रूपमा काम गरेको आरोप लागेका पहिलो अमेरिकी सिनेटर थिए । सिनेटको २३५ वर्षको इतिहासमा छुट्टै घुसखोरी मुद्दामा अभियोग लगाइएको उनी पहिलो सिनेटर थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com