चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ्


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

सियामेन (चीन) २० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको छ ।
चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।
चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति चिनफिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।
उक्त द्धिपक्षीय भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति चिनफिङ्ले भारतीय प्रधानमन्त्री मोदीसँग सो धारणा राख्नुभएको सियामेनबाट प्राप्त समाचारमा जनाइएको छ ।
चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु विभिन्न पाँच सिद्धान्तका आधारमा सम्बन्ध बिकास गर्ने तथा साथ साथमा कामगर्न चाहेको पनि चिनियाँ राष्ट्रपति चिनफिङ्ले सो अवसरमा बताउनुभएको थियो ।
दुवै देशले आपसी एवम् पारस्परिक राजनीतिक विश्वासका आधारमा सम्बन्ध विकास गर्नुपर्नेमा उहाँको जोड थियो । यसले पारस्पारिक सहयोगमा अभिबृद्धि र आपसी हितको बिकास गर्नेमा उहाँले सो भेटका क्रममा जोड दिनुभएको थियो ।
उहाँहरुबीच द्धिपक्षीय वार्ता भएको थियो । ब्रिक्स सम्मेलनमा त्यहाँ रहेका बेला एसियाका यी दुई ठूला देशका नेताबीच सो वार्ता भएको बताइएको छ ।
ब्रिक्सको नवौँ सम्मेलन चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा सियामेन घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको सो सम्मेलनद्धारा जारी उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको बिकासमा जोड दिएको राष्ट्रपति चिनफिङ्ले जानकारी दिनुभयो ।
चीन र भारतबीच अर्काे छिमेकी देश भुटानको समेत सिमाक्षेत्रमा पर्ने दोक्लाममा हालैमात्र आआफ्ना सैनिक उपस्थितिको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
त्यसयता यी दुई देशका नेताहरुबीच पहिलो पटक साक्षात्कार भएको छ । त्यसैले पनि यस भेटलाई विश्लेषकहरुले सम्बन्ध सुधारका लागि एक महत्वपूर्ण अवसरका रुपमा लिएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com