अमेरिकामा पूर्व राष्ट्रपति ट्रम्प माथी गोली हानिएको घटनाबारे प्रत्यक्षदर्शी


प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

Republican presidential candidate former President Donald Trump gestures as he is surrounded by U.S. Secret Service agents at a campaign rally, Saturday, July 13, 2024, in Butler, Pa. (AP Photo/Evan Vucci)

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा गोली चलेको छ ।

¥याली स्थलबाहिर रहेका ग्रेगले गोली चलेको सुन्नुभन्दा केही मिनेटअघि स्टेजको अगाडि भवनको छतमा एकजना मानिस आफ्नो कुहिनोले घस्रिरहेको देखियो ।

ग्रेगले भने, “मैले पुलिसलाई उसको तर्फ औंल्याएँ र उनीहरूलाई भने कि त्यहाँ एकजना मानिस उनको कुहिनोमा घस्रिरहेको थियो । “ उसले राइफल बोकेको छ ।यो भवन बटलरको ¥याली स्थलको ठीक बाहिर अवस्थित छ ।

ग्रेगले भने, “ट्रम्पले पुलिसलाई यो बताए पनि आफ्नो भाषण किन जारी राख्छन ? “ सेक्रेट सर्भिसका मानिसहरूले उनलाई मञ्चबाट किन हटाएनन ? यो सोच्दै गर्दा मैले पाँच वटा बन्दुकको आवाज सुनें ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चल्नेबित्तिकै सेक्रेट सर्भिसका मानिसहरूले ट्रम्पलाई घेरेर मञ्चबाट टाढा लगे । ट्रम्पलाई बाहिर निकाल्दा उनको अनुहारमा रगत देखिएको थियो । ट्रम्पले पछि भने, ’उनको कानबाट गोली निस्केको थियो ।’

बन्दुकधारी मारिएको अधिकारीहरुले बताएका छन् । ग्रेगले भने कि उनले गोप्य सेवाका मानिसहरूलाई गोली हानेको देखे ।

ग्रेगले ¥याली स्थल बाहिरबाट ट्रम्पको भाषण सुनिरहेका थिए । ग्रेगले ट्रम्पको भाषण सुरु भएको पाँच मिनेटपछि बन्दुकधारीलाई देखेको बताए ।

ग्रेगले भने, “हामीले देख्यौं कि हामीबाट ५० फिट टाढा बन्दुक लिएर एक व्यक्ति नजिकैको भवनको छतमा क्रल गरिरहेको थियो । उसको हातमा राइफल थियो भनेर हामीले स्पष्ट देख्यौं ।

उनले भने, ‘प्रहरीहरु भवन मुनि घुमिरहेका थिए । हामीले छततर्फ औंल्यायौं र पुलिसलाई भन्यौं कि त्यहाँ राइफल बोकेको एक व्यक्ति थियो । तर त्यहाँ के भइरहेको छ, प्रहरीलाई थाहा थिएन ।

ग्रेगले भने कि उनले कम्तिमा तीन देखि चार मिनेटको लागि अधिकारीहरूलाई यस बारे बताउनुभएको हुनुपर्छ । तर छानाको ढलानका कारण प्रहरीले ती व्यक्तिलाई देख्न पाएनन् ।

ग्रेग प्रश्न गर्छन् किन गोप्य सेवाका मानिसहरू यी छतहरूमा उपस्थित थिएनन् । ग्रेगलाई लाग्छ कि यो ठूलो ठाउँ होइन, सायद त्यही भएर यो भएको हुन सक्छ ।

ग्रेगले भने कि उनले गोप्य सेवाका मानिसहरूलाई गोली चलाउने बन्दुकधारीलाई मारेको देखे ।

उनले भने, “सेक्रेट सर्भिसका मान्छेहरू छतमा पुगे । उनीहरुको बन्दुक आक्रमणकारीतर्फ देखाइएको थियो । उनीहरुले उनलाई कुनै पनि हालतमा छोड्न चाहेनन् । अन्ततः उनको हत्या भयो ।

सेक्रेट सर्भिस संचार प्रमुख एन्थोनी गुग्लियानीले भने कि गोप्य सेवाका कर्मचारीहरूले गोली प्रहार गर्नेलाई मारेका थिए र तुरुन्तै सर्तकताका उपायहरू गरे।

¥यालीमा उपस्थित एक जनाको गोली लागेर मृत्यु भएको र दुईजना गम्भीर घाइते भएको सेक्रेट सर्भिसले जनाएको छ ।

यो घटनालाई राजनीतिक हत्याको षडयन्त्रका रुपमा लिइएको र यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

¥यालीका क्रममा भित्र उपस्थित अर्का एक व्यक्तिले एकपछि अर्को पाँच गोली हानेपछि मच्चिएको अराजकताबारे बताए ।

जेसन नाम गरेका व्यक्तिले भने, “हामीले देख्यौं कि सीक्रेट सर्भिसका मानिसहरू तुरुन्तै स्टेजमा हाम फालेर ट्रम्पलाई घेरे ।

जेसनले भने, “ट्रम्प तुरुन्तै उठनु भयो र तुरुन्तै भीडलाई आफ्नो मुट्ठी देखाए र केहि भन्नु्भयो ।“

“उहाँको अनुहारमा रगत देखिन्थ्यो । कानबाट रगत बगिरहेको थियो ।

आकस्मिक विभागका एक डाक्टरले बताए कि टाउकोमा गोली लागेको व्यक्तिको उपचार गरे ।

“मैले गोली चलेको सुनें,“ उनले भने । पटाकाहरु निस्कदैछन् भन्ने लाग्यो । मैले कोही चिच्याएको सुनें। उनीहरूलाई गोली हाने, उनीहरूलाई गोली हाने।

त्यहाँ उपस्थित मानिसहरू यता–उता दौडिरहेका थिए र बेन्चहरूको बीचमा अड्किएका थिए । त्यहाँ धेरै रगत बगेको थियो।

पेन्सिलभेनियामा आफ्नो ¥यालीमा गोली चलेको घटनापछि ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताउनु भएको छ ।

पूर्व राष्ट्रपतिले आफ्नो ट्रुथ सामाजिक एकाउन्टमा भन्नुभएको छ , ‘जब मैले खस्रो आवाज र गोलीको आवाज सुने, मलाई तुरुन्तै केही गडबड भएको थाहा भयो र तुरुन्तै गोलीले मेरो छाला चर्यो । बिबिसि हिन्दीको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com