अमेरिकाको टेनेसीमा उमेश दाहालका हत्या अभियुक्त विशाल राईलाई आज अदालतमा पेश


प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या अभियुक्त २६ बर्षीय विशाल राईलाई आज विहिबार अदालतमा पेश गरिएको छ ।  जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका दाहालको मंगलबार बिहान  मृत्यु भएको थियो ।

राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । नासभिलको अदालतको रेकर्ड अनुशार आज राईलाई दोश्रोपटक अदालतमा पेश गरिएको हो । यस अगाडि जुलाई ३ मा अदालतमा न्यायाधिस मेलिसा ब्लाकबर्नसमक्ष पेश गरिएकोमा आज बिहिबार स्थानीय समय अनुशार विहान सबा ९ बजे अदालतमा न्यायाधिस जिम टोड समक्ष पेश गरिएको हो ।

आक्रमणकारी विशाल राईलाई  अघिल्लो सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आक्रमणकारीका रुपमा राईलाई पहिचान गरेपछि घटनास्थल टप गल्फबाट १४ माइल दक्षिणपूर्वमा रहेको एन्टिओकस्थित घरबाट पक्राउ गरिएको थियो । राईलाई सुरुमा उत्तेजित आक्रमणको आरोप लगाइएपनि उमेशको मृत्यु पछि उक्त अभियोग आपराधिक हत्यामा अपग्रेड गरिने प्रहरीले जनाएको छ  ।

उमेश दाहाल नासभिलमा रहेको टप गल्फको तल्लो तहमा नेपाली समुदायका अन्य सदस्यहरूसँग सांगितकि कार्यक्रममा भाग लिइरहेका बेला कार्यक्रमस्थलमा हिंसात्मक झगडा भएको थियो । उक्त कन्सर्ट टप गल्फको तल्लो तहमा ६३५ व्यक्ति क्षमताको लाइभ प्रदर्शन स्थल द कावानमा आयोजना गरिएको थियो । मानिसहरू झगडा गर्दै बाहिर पार्किङ स्थलमा पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक उमेश दाहाल

त्यसपछि उमेशले विवादलाई मिलाउन खोज्दा उनीमाथि नै मुक्का प्रहार गरिएको थियो । त्यसपछि उनी लडेर कंक्रिटमा टाउको ठोक्किएको थियो । भुइँमा लडिरहेका बेला उमेशको टाउकोमा राईले लात हानेको जनाइएको छ । जसका कारण उनी सख्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।उमेश दाहालको शनिबार अन्त्येष्टी गरिएको छ ।  मृतक उमेश दाहाल २ बच्चाका पिता हुन् । उनी नेपालको झापाबाट अमेरिका आएका हुन् ।

न्यायिक आयुक्तले राईलाई सुनुवाई नहुँदासम्म धरौटी विना नै थुनामा राख्न आदेश दिएको छ । राईलाई नासभिल डाउनटाउन डिटेन्सन सेन्टरमा राखिएको छ भने रिहाइको लागि योग्य नभएको जनाइएको छ । जेल रेकर्ड अनुशार राईको मामलमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा समेत पठाइएको छ ।

उनीमाथि गत वर्ष पनि जघन्य आक्रमण र घाँटी थिचेको अभियोग लगाइएको थियो । तर अदालतको अभिलेख अनुसार मुद्दा खारेज भएको देखिएको छ ।

कभरमा अभियुक्त विशाल राई ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com