पपुवा न्यू गिनीका मन्त्री सिड्नीमा पक्राउ , कारण यस्तो रहेछ


प्रकाशित मिति : असार २३, २०८१ आईतबार

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन एबीसी ले आइतबार समाचारमा उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो ।

आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उहाँविरूद्ध वास्तविक शारीरिक क्षति पु¥याएको आरोपबारे अनुसन्धान भइरहेको छ ।

एबीसीले मालादिनाको बयानलाई उद्धृत गर्दै भनेको छ, “उहाँले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ ।

मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com