सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु


प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

नयाँ दिल्ली, १९ भदौ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ ।

एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन ।

अक्सिजन र औषधीको कमीबाट उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकिया चिकित्सालय (अस्पताल) मा रहेका बालबालिकाको मृत्यु भएको बताइएको छ ।

अस्पतालको नवजात शिशु विशेष हेरचार एकाइमा ३० बालबालिकाको मृत्यु भएको छ भने, अन्य १९ जनाको डेलिभरीको अवस्थामा अर्थात डेलिभरी भएको केही समयपछि नै मृत्यु भएको बताइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उत्तर प्रदेश केही समययता सरकारी अस्पतालमा नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । गत हप्ता ४८ घण्टाको अवधिमा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा ४२ बालबालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका थिए ।

मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले सञ्चार मध्यमहरूसँग भन्नु भएको थियो ।

गत महिनाको सुरुमा सोही अस्पतालमा अक्सिजनको कमीलगायत बिभिन्न कारण ७० जना भन्दा बढीको नवजात शिशुको मृत्यु भएको थियो ।

प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले विहारको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालका समेत गरी सयौं विरामीलाई भेट्नु भएको थियो ।

‘नेपाल, विहार र उत्तर प्रदेशको धेरै ठाउँमा भीषण वर्षा भएकाले अवस्था अझ नराम्रो हुन सक्छ, दैनिक धेरैभन्दा धेरै बालबालिका अस्पतालमा ल्याइएको छ’ एक जना चिकित्सकले भने । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com