ट्रम्प र बाइडेनबीचको बहस आरोप प्रत्यारोपमा केन्द्रीत, बाइडेनको कमजोर प्रस्तुतीले डेमोक्र्याटहरु निराश


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेन र डोनाल्ड ट्रम्प बिहिबार पहिलो ऐतिहासिक बहसका क्रममा आमने सामने भएका छन् । एकअर्काप्रति आरोप प्रत्यारोप र व्यक्तिगत लाञ्छनाले भरिएको बहसमा ट्रम्प र बाइडेनले एकपछि अर्को झुठो विवरणहरु पेश गरेका थिए ।

बाइडेनको कमजोरी प्रस्तुतीका कारण डेमोक्र्याटहरू चिन्तित भएका छन् । उनको उमेरका बारेमा प्रश्नहरू उठिरहेका बेला उनले कमजोर प्रस्तुती, अस्वभाविक आवाज, असान्दर्भिक विषय लगायतले डेमोक्र्याटहरु निराश भएका छन् । तर उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनको बचाउ गर्दै सुरुआत सुस्त भएपनि समापन भने बलियो भएको बताइन् ।

ट्रम्पले बारम्बार बाइडेनलाई अर्थव्यवस्था र उनको विदेश नीतिको रेकर्डका सन्दर्भमा आक्रमण गरेका थिए । जबकि बाइडेनले ट्रम्पविरुद्धको आपराधिक सजाय र २०२० को चुनावलाई उल्टाउने प्रयास गरेकोबारे बोलेका थिए ।

बहस बिहिबार राती ९ बजे सुरु भएको थियो । वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति बीचको बहस यो पहिलो हो । ९० मिनेट भएको छलफलमा सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू आप्रवासन र करदेखि लिएर वैदेशिक मामिला र गर्भपतनसम्म रहेपनि ट्रम्प र बाइडेनले धेरै समय आरोप प्रत्यारोपमा नै खर्चिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेक ट्यापर र डाना बासले बहस संचालन गरेका थिए । ट्यापर र बाशले २०२० मा डेमोक्रेटिक बहस र यस वर्षको सुरुमा रिपब्लिकन प्राइमरी बहसलाई पनि संचालन गरेका थिए। बहस अमेरिकामा प्राय सबै मुख्य संचारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

बाइडेनले ट्रम्पको आपराधिक सजाय, चुनावी नतिजाहरुको अस्वीकारले निम्त्याएका जनवरी ६ का घटनाहरू लगायतका बारेमा विषय केन्द्रीत गर्ने अपेक्षा गरिएपनि उनले यी विषयहरु दह्रोसँग उठाउन सकेनन् । अमेरिकी राष्ट्रपति भइसकेका दुई उम्मेदबीचको बहस अमेरिकी इतिहासमा नै पहिलो हो ।

आधुनिक युगमा पहिले कहिल्यै पनि दुई सुनिश्चित उम्मेदवारहरू आम चुनावको मौसममा बहसको चरणमा भेटिएका थिएनन्। तर यसपटक पार्टीका प्राइमरीभन्दा अगाडि नै दुई सुनिश्चित उम्मेदबारबीच बहस हुँदैछ । पहिले कहिल्यै पनि अमेरिकी राष्ट्रपतिका लागि यो उमेरका उम्मेदबारहरुबीच पनि बहस भएको थिएन ।

त्यस्तै यसअघि कहिल्यै पनि आम चुनावी बहसका सहभागीलाई अपराधमा दोषी ठहर हुनु परेको थिएन। यो बहस ट्रम्पलाई कर सम्बनिधत ३४ वटा अपराधका मुद्दाहरूमा दोषी ठहर गरेर सजाय सुनाइनुभन्दा दुई हप्ता अघि भएको छ । जुन २७ को बहसको लागि आधारभूत नियमहरू विगतको भन्दा केही असामान्य रहेका थिए ।

उम्मेदवारहरू एटलान्टाको सीएनएन स्टुडियोमा दर्शकहरू बिना भेटेका थिए । प्रत्येक उम्मेदवारको माइक्रोफोन बोल्ने पालोमा बाहेक अरुबेला म्यूट गरिएको थियो । स्टेजमा कुनै पूर्वलिखित नोटहरूलाई अनुमति दिइएको थिएन । उम्मेदवारहरूलाई एउटा कलम, कागजको प्याड र पानीको बोतल मात्र दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com