अमेरिकाको शिकागोमा बेहोस नबनाई मिर्गौला प्रत्यारोपण, भोलिपल्टै घर फिर्ता


प्रकाशित मिति : असार १२, २०८१ बुधबार

मृगौला प्रत्यारोपण असामान्य होइन । मृगौला वास्तवमा सबैभन्दा धेरै पटक प्रत्यारोपण गरिएको अंग हो तर अमेरिकाको शिकागोका एक व्यक्तिले भने अत्यधिक असामान्य तरिकामा मृगौला प्राप्त गरेका छन् ।

मृगौला प्रत्यारोपणको सम्पूर्ण प्रक्रियाको क्रममा समयमा २८ बर्षका जोन निकोलस पूर्णरुपमा जागा थिए भने भोलिपल्टै उनलाई डिस्चार्ज गरिएको थियो । गत सोमबार नर्थवेष्र्टन मेडिसिन अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालबाट जारी प्रेस विज्ञप्ति अनुसार डाक्टरहरूले सामान्य एनेस्थेसियाको सट्टा मेरुदण्डको एनेस्थेसिया शट दिएका दिए । जसरी सिजेरियन सेक्सनमा प्रयोग गरिन्छ। नर्थवेस्टर्न मेडिसिन अस्पतालमा बिरामी सम्पूर्ण मृगौला प्रत्यारोपण प्रक्रियाको क्रममा जागा नै रहेको यो पहिलो पटक हो ।

अपरेशन रुम भित्र बिरामीलाई उनले प्राप्त गर्ने नयाँ मृगौला शरीरमा राख्नु अघि कस्तो देखिन्छ भनेर देखाउन पाउनु एक अविश्वसनीय अनुभव रहेको चिकित्सकहरुले बताएका छन् । यो अविश्वसनीय रुपमा सरल र असामान्य रहेको उनीहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

यस प्रकारको ट्रान्सप्लान्टले शल्यक्रियाको जोखिम कम गर्न सक्ने र बिरामीको अस्पताल भर्नाको लम्बाइ कम गर्न सक्ने डाक्टरहरुको भनाई छ । यसले उच्च जोखिम मानिने वा सामान्य एनेस्थेसियाको फोबिया भएका बिरामीहरूको हेरचाहमा पनि सहज हुने उनीहरुले बताए ।

अस्पतालका अनुसार निकोलसको शल्यक्रियामा करिब दुई घण्टा लागेको थियो। उनको सानो उमेर, उनको यो बाहेक राम्रो स्वास्थ्य र सहभागी हुने उत्सुकताको कारणले जागै शल्यक्रियाको लागि उनलाई एक उदाहरणीय बिरामी मानिएको थियो।

वास्तविक समयमा के भइरहेको थियो भनेर जान्न र उनीहरूले के गरिरहेका थिए भन्ने बारे सचेत हुन पाउनु एकदम राम्रो अनुभव भएको निकोलसले एक विज्ञप्तीमा बताएका छन् । यद्यपि निकोलसले सान्त्वनाको लागि लठ्याउने औषधि भने पाएका थिए तर पनि के भइरहेको छ भन्ने बारे उनी सचेत थिए।

निकोलस शल्यक्रियाको भोलिपल्ट मे २५ मा अस्पतालबाट बाहिरिएका थिए। सामान्यतया मिर्गौला प्रत्यारोपण गर्दा प्राप्तकर्ता दुई देखि तीन दिनसम्म अस्पतालमा रहन्छ।

निकोलसको मिर्गौला समस्या १६ वर्षको उमेरमा सुरु भएको थियो । केही वर्ष औषधिले अवस्था व्यवस्थापन गरेपछि उनको मृगौलाको काम बिग्रियो र नयाँ प्रत्यारोपण गर्नुपर्ने भयो ।

निकोलसकी आमाले सुरुमा उनको मृगौला दान गर्ने योजना बनाइन्, तर स्तन क्यान्सरको निदानले उनलाई त्यसो गर्नबाट रोकेको थियो । प्राथमिक विद्यालयदेखिका निकोलसका सबैभन्दा मिल्ने साथी २९ बर्षका प्याट वाइजले मृगौला दान गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com