राष्ट्रपति चुनावमा चीनको हस्तक्षेपको सम्भावनालाई लिएर अमेरिका चिन्तित , गलत सूचना फैलाउनसक्ने आशंका


प्रकाशित मिति : असार ९, २०८१ आईतबार

साउथ चाइना सी द्वन्द्वका लागि निकै खतरनाक क्षेत्र बनेको छ । चीनको दाबीले ताइवान र फिलिपिन्ससँग मात्र नभई उनीहरूको सबैभन्दा शक्तिशाली सहयोगी अमेरिकासँग पनि तनाव बढाएको छ ।

हालैका महिनाहरूमा, चीन र फिलिपिन्सका डुङ्गाहरू धेरै पटक एक अर्काको धेरै नजिक आएका छन् । विवादित सामुद्रिक क्षेत्रमा दुवै देशका नौसेनाले एकअर्कासँग लुक्ने खतरनाक खेल खेलिरहेको देखिन्छ ।

बिबिसी हिन्दीका अनुसार दुई देशबीचको भिडन्तको सबैभन्दा पछिल्लो घटनामा, चिनियाँ तटरक्षक सैनिकहरूले फिलिपिन्सको जहाजमा चढेर फिलिपिन्स सैनिकहरूलाई बञ्चरो र चक्कुले आक्रमण गरेका थिए ।

किन बढ्यो चीन र अमेरिकाको सम्बन्धमा तनाव ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले यस क्षेत्रमा फिलिपिन्सदेखि जापानसम्मका देशहरूसँग सैन्य गठबन्धन बनाएको छ । अमेरिकाले पनि दक्षिण चीन सागरमा आफ्ना सहयोगीहरूको अधिकारको रक्षा गर्ने बारम्बार भनेको छ ।

यही कारणले गर्दा युक्रेनमा रुसको आक्रमण, स्वशासित ताइवानमाथिको चीनको दाबी र व्यापार युद्धका कारण पहिलेदेखि नै धेरै चुनौतीको सामना गरिरहेको चीनसँगको अमेरिकाको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

अमेरिकी राजदूत निकोलस बर्न्सले द्वन्द्वका यी मुद्दाहरूमा दुई देश अझै पनि ’पूर्ण रूपमा विभाजित’ रहेको बताउनु भयो । ६८ वर्षीय कूटनीतिज्ञ निकोलस बर्न्सले भन्नुभएको छ , “चिनियाँ सरकारले दुई देशका सेनाबीच सञ्चार बढाउने सहमति गरेको छ । यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ ।“

यदि तपाईं कुनै पनि प्रकारको दुर्घटनाबाट बच्न चाहनुहुन्छ भने, स्पष्ट रूपमा तपाईंले निरन्तर सञ्चार गरिरहनु पर्छ । किनभने कुनै पनि प्रकारको गलतफहमी द्वन्द्वको लागि पूर्वाग्रह बन्न सक्छ । निकोलस बर्न्सले भन्नुभएको छ , “हामीले चीनलाई हाम्रो चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिएका छौ । “

उहाँले राष्ट्रपति चुनावमा चीनको हस्तक्षेपको सम्भावनालाई लिएर अमेरिका ‘अत्यधिक चिन्तित’ रहेको पनि बताउनु भयो । यसअघि यस वर्षको सुरुमा एफबीआई अधिकारीहरूले चीनले अमेरिकी चुनावमा जनताबीच द्वन्द्व बढाउने प्रयास जारी राख्ने र अनलाइन संसारमा गलत सूचना फैलाउन सहयोगी बन्न सक्ने बताएका थिए ।

चीन विरुद्ध कठोरता देखाउने प्रतिस्पर्धा

जो बाइडेन र डोनाल्ड ट्रम्प दुवैले चीनप्रति कठोरता देखाउन एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका देखिन्छ ।

दुवैले यो रणनीतिबाट धेरै भोट पाउन सक्ने ठान्छन् । मे महिनामा राष्ट्रपति बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल र अन्य सामानमा नयाँ किस्ता व्यापार कर लगाउने घोषणा गर्नुभएको थियो ।

जसका कारण अहिले चीनमा बनेका धेरै कम विद्युतीय कारहरू अमेरिका प्रवेश गर्न पाइरहेका छन ।

तर निकोलस बर्न्सले घरेलु राजनीतिक दबाबका कारण बाइडेन प्रशासनले चीनमा यी व्यापार करहरू लगाएको भन्ने आरोपलाई अस्विकार गर्नुभएको छ । उहाँले यसलाई आर्थिक कदम हो भन्दै यसको उद्देश्य अमेरिकी नागरिकको रोजगारी बचाउनु भएको स्पष्ट पार्नुभएको छ ।

यसैबीच, चीनले पनि अमेरिकालाई आफ्नो तर्फबाट व्यापार कर लगाएर बदला लिन सक्ने चेतावनी दिएको छ । तर, यो प्रतिद्वन्द्वीका बाबजुद पनि केही आशावादी कुराहरू पनि भएका छन् ।

निकोलस बर्न्सले चीनको जलवायु प्रतिनिधिसँग कुरा गर्दै भन्नुभएको छ , विश्वका सबैभन्दा प्रदूषित दुई देश अमेरिका र चीनले हानिकारक उत्सर्जन घटाउने उपाय खोजिरहेका छन् ।

फेन्टानिल नामको औषधि अमेरिका प्रवेश रोक्न चीनसँग उच्चस्तरीय वार्ता पनि भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com