यी हुन् मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० अन्तिम प्रतियोगीहरु


प्रकाशित मिति : असार ८, २०८१ शनिबार

मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि  शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ  सैलेश श्रेष्ठले अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी  शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुलाई स्वागत गर्नुको साथै  शुभकामना  दिएका छन् ।

शीर्ष २० मा पुग्ने प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर ,टेक्ससकी आदीश्री रेग्मी , नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुबेदी ,न्यूयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर , ओहायोकी दृश्य धिताल ,मेरिल्याण्डकी न्यान्सी क्षेत्री  ,न्यूजर्सीकी ओनिकाबानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी , मेरिल्याण्डकी रुबी पौडेल ,टेक्ससकी सरिता थागुना ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।

मिस नेपाल नर्थ अमेरिका हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ । यस बर्ष पनि अगस्त ३  मा हुने आयोजकले जानकारी दिएका छन् ।  यस वर्ष पनि न्युयोर्कको मेलरोज बलरुममा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस  प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृंखला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायतले  निर्णायकको भूमिका गरिसकेका छन् । गत बर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् ।  मिस पपुलर २०२४  को लागि अनलाइन मतदान प्रारम्भ गरिएको छ । यस बर्ष देखि अन्तिम ग्राण्ड फिनालेको  लागि सिधै १० जना मनोनित हुनेछन् ।

यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गर्ने भएकी छिन् । त्यस्तै मेन्टर तथा र्याम्प वाक ट्रेनर को रुपमा २०१९ की मिस कस्मोपोलिटन प्रिया रानी लामाले भूमिका निर्वाह गर्ने भएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com