न्युयोर्कको पार्कमा १३ बर्षीया बालिकालाई बाँधेर झाडीमा लगेर बलात्कार गर्ने अभियुक्त पक्राउ


प्रकाशित मिति : ५ असार २०८१, बुधबार

न्युयोर्क क्वीन्सको पार्कमा १३ बर्षीया बालिकालाई बाँधेर झाडीमा लगेर बलात्कार गर्ने अभियुक्त पक्राउ

न्युयोर्क सिटीको क्वीन्समा १३ वर्षका बालबालिकालाई पार्कको झाडीमा लगेर बालिकाको बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा एक २५ वर्षीय क्रिस्चियन जियोभानी इंगा नामको पुरुषलाई मंगलबार हिरासतमा लिइएको अधिकारीहरूले बताएका छन्।

इंगाले १३ जुनमा १३ बर्षका दुईजना बालबालिकाहरुलाई चक्कु देखाएर किसेना पार्कको झाडीमा लगेको र उनीहरुको सेल फोन खोसेर बाँधेर राखेपछि बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ। अभियुक्तको ६ दिनसम्म खोजी गरिरहेको प्रहरीले जुन १८ मा मात्र पक्राउ गर्न सफल भएको हो । इन्गाले बलात्कार, यौन दुव्र्यबहार र लुटपाट जस्ता आरोपहरूको सामना गरिरहेको छ ।

प्रहरीले सोमबार शंकास्पद व्यक्तिको फुटेज सार्वजनिक गरेको थियो जसमा उसलाई फेला पार्न जनताको सहयोग मागिएको थियो। त्यसपछि स्थानीय बासिन्दाहरूले उक्त व्यक्तिलाई सडकमा देखेका थिए । त्यसपछि प्रहरी नआउन्जेलसम्म स्थानीय बासिन्दाले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर राखेका थिए ।

गत जुन १३ मा १३ बर्षका केटा र केटी फ्लसिङस्थित किसेना पार्कमा दिउँसो करिब ३ः३० बजेतिर गएका थिए । त्यसपछि उनीहरुलाई २५ बर्षको व्यक्तिले देखेपछि चक्कु निकालेर उनीहरुलाई झाडी क्षेत्रमा लगेको थियो । त्यसपछि उनीहरुको सेल फोन पनि जर्बजस्ती लिएको थियो भने उनीहरुलाई बाँधेर राखेको थियो । त्यसपछि उक्त व्यक्तिले घटनास्थलबाट भाग्नुअघि बालिकालाई बलात्कार गरेको थियो ।

कालो घुमाउरो कपाल भएको संदिग्ध व्यक्ति करिब ५ फिट ५ इन्च अग्लो रहेको भन्दै प्रहरीले स्केच पनि जारी गरेको थियो । उसलाई पछिल्लो पटक हरियो झोला बोकेको र रातो जुत्ता लगाएको देखिएको थियो । उसको छातीमा रातो आँखा भएको गोरुको ट्याटु रहेको प्रहरीले जनाएको थियो । उक्त व्यक्तिले दाँतमा ब्रासहरु लगाएको र हिस्पानिक मुलको भएको प्रहरीले जनाएको थियो ।

प्रहरीले यस बलात्कार घटनाको बारेमा जानकारीको लागि १० हजार डलर सम्मको पुरस्कार समेत घोषणा गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com