विश्वकप क्रिकेट: नेपालले टस जितेर रोज्यो फिल्डिङ, दक्षिण अफ्रिकासँग खेल्दै 


प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार

Nepal’s Kushal Bhurtel runs to score against the Netherlands during an ICC Men’s T20 World Cup cricket match at Grand Prairie Stadium in Grand Prairie, Texas, Tuesday, June 4, 2024. (AP Photo/Julio Cortez)

वेस्टइन्डिजमा  आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले अहिले केहीबेरमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकासँग खेल्दैछ । न्युयोर्क समय अनुशार साढे ७ बजे सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेलमा पहिलो पटक जब दक्षिण अफ्रिका र नेपाल अन्तर्राष्ट्रिय सर्किटमा भिड्दैछन्।  नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि  दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेमध्ये पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले  दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताए ।

विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छभने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ । त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ । समान एक अङ्क नै बटुलेको श्रीलङ्का अन्तिम स्थानमा छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com