पाल्पा र रुपन्देहीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु , ४५ जना घाइते


प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

पाल्पा र रुपन्देहीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अन्य ४५ जना घाइते भएका छन । बुटवलमाथिको पाल्पाको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो । २ जना घाइते भएका छन ।

दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल –१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा भनिने छविलाल शर्मा , तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते हुनु भएको प्रहरीले जनाएको हो । उहाँहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार बेलुका करिब ९ बजेतिर दुर्घटनामा परेको हो । कार सडकदेखि १ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी विजयराज पण्डितले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै रुपन्देहीको सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com