राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्न प्रोड्युसरद्वारा अमेरिकामा १० हजार डलरसम्म माग


प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

Rajesh Hamal

नेपाली कलाकार राजेश हमालको अन्तरवार्ताको शोमा अतिथि बन्नका लागि प्रोड्युसरद्वारा  अमेरिकामा १० हजार डलरसम्म माग गरिएको खुलासा भएको छ । अमेरिकामा केही चर्चित नेपालीहरुले उक्त शोमा आफूलाई अन्तरवार्ताका लागि प्रस्ताव आएको र पछि १० हजार डलरसम्म मागिएको खसोखासलाई बताएका छन् ।

यो कार्यक्रम नेपाली नयाँबर्षदेखि नेपाल टेलिभिजन र युट्युब च्यानल ओएसआर रियालिटीबाट प्रशारण गर्ने घोषणा गरिएको थियो । जस अनुशार यसका केही भागहरु सार्वजनिक भइसकेका छन् ।

‘सुरुमा उहाँहरुले अन्तरवार्ताका लागि भन्नुभयो । घरमै आएर अन्तरवार्ता लिन्छौं भन्नुभयो । तर पछि अन्तरवार्ता दिनु अगाडि रकमको माग गर्नुभयो । त्यसपछि मैले उक्त अन्तरवार्ता नदिने निर्णय गरें,’  न्युयोर्कका एकजना व्यवसायीले खसोखासलाई बताए । कार्यक्रम प्रोड्युसर सुमन अधिकारीले आफूलाई सम्पर्क गरेको उनले बताए ।

कार्यक्रमको एउटा भाग संचालनका क्रममा राजेश हमाल । फोटो :स्क्रीनशट ।

त्यस्ता क्यालिफोर्निया निवासी अर्का एकजना चर्चित नेपालीले पनि आफूसँग अन्तरवार्ताका लागि रकम मागिएको बताएका छन् । यात्रा गर्नुपर्ने, छायांकन गर्नुपर्ने भएकाले आफूहरुको खर्च हुने भन्दै रकम मागिएको उनले बताए । ‘उहाँहरुको शैली त्यती प्रोफेशनल लागेन । त्यसैले मैले अन्तरवार्ता नदिने निर्णय गरें ,’  उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अन्य व्यक्तित्वहरुले पनि आफूहरुसँग अन्तरवार्ताका लागि १० हजार डलरसम्म मागिएको बताएका छन् । एकजनाले भने ,’ विज्ञापनको प्रस्ताव गरेको भए अलिक व्यवसायिक सुनिन सक्थ्यो । तर उनीहरुले त सिधै अन्तरवार्ता छायांकनका लागि खर्च लाग्ने भन्दै रकम मागे ।’

खसोखाससँगको कुराकानीमा अमेरिकामा रहेका कम्तीमा आधा दर्जन व्यवसायीहरुले अन्तरवार्ताका लागि आफूसँग रकम मागिएपछि अन्तरवार्ता दिन अस्वीकार गरेको वा रकम नदिएपछि अन्तरवार्ता पनि नलिइएको बताएका छन् ।

न्युयोर्कका अर्का व्यवसायीले भने – ‘मलाई पनि अन्तरवार्ताका लागि सम्पर्क गरेका थिए । नेपालको राष्ट्रिय टेलिभिजनमा प्रशारण गर्ने भन्दै रकम मागेका थिए । तर रकम भने तोकेका थिएनन् । तपाईले आर्थिक मद्दत गरिहाल्नुहुन्छ, हामी त्यसमा ढुक्क छौं, हाम्रो छायांकनमा खर्च लाग्छ भन्दै रकम मागेका थिए । तर मैले रकम नदिने बताएपछि उनीहरुले चासो देखाएनन् । पछि छायांकन गर्न पनि आएनन् । अमेरिकामा नेपालीलाई उल्लु बनाएर सफलताको कथा देखाउने उनीहरुको चक्कर मैले २ मिनेटमा बुझें ।’

रकम तिर्न अस्वीकार गर्ने उनीहरुको अन्तरवार्ता भने लिइएन । सफलताको कथा नामको यो कार्यक्रम अहिले नेपालमा युट्युबबाट प्रशारण भइरहेको छ । यसबारे खसोखासले कलाकार राजेश हमाललाई सम्पर्क गरेपनि यो समाचार तयार पार्दासम्म जवाफ प्राप्त भएको छैन ।

यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । स्पष्टताका लागि शीर्षकमा थप गरिएको छ । – सं

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com