नेपालदेखि अमेरिकासम्म मानव तस्करीको जालो


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय नवीन भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ वर्षीय सागर शिरीषलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले यही भदौ १७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरुले सङ्गठित रुपमा अन्तर्राष्ट्रियस्तरको सञ्जाल बनाएको अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । अभियुक्तले नवलपरासी, रुपौलियाका प्रेमनारायण महतो लगायत व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश ट्रान्जिट बनाई अमेरिका पठाइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति २० लाख देखि ३० लाखसम्म रकम लिएको महाशाखाले जनाएको छ ।

काठमाडौँबाट भारत–थाइल्यान्ड–जापान–फ्रान्स–मेक्सिको हुँदै अमेरिका जान लागेका अवस्थामा पीडित महतो भदौ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० हजार डलरसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा खत्री र शिरीष गिरोहको खुलासा भएको हो । अनुसन्धानका क्रममा अमेरिकामा मानव तस्करी गर्न प्रयोग गरिने विभिन्न मार्गसमेत पत्ता लागेको खनालले जानकारी दिए ।

मानव तस्करीका लागि प्रयोग गरिएको पहिलो मार्गमा काठमाडौँ–भारत–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो मार्गमा काठमाडौँ–भारत, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो मार्गमा काठमाडौँ–सिंगापुर–जापान–मेक्सिको–अमेरिका छ । ती देशमा रहेका एजेन्टले नेपालबाट पठाइएका उनीहरुलाई सम्पर्क गर्ने र अन्य देशमा जानका लागि आवश्यक व्यवस्था मिलाउने गरेका थिए । मेक्सिकोमा पुगेपछि सबै मानिस अलपत्र पारी मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको छ । थुनामा परेपछि त्यहाँको एजेन्टले भेटी उनीहरुलाई कानुन व्यवसायीसँग सम्पर्क गराइदिने गरेको खनालले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेनिशा नामकी कानुन व्यवसायीले थुनामा परेका व्यक्तिबाट प्रतिव्यक्ति दश हजार डलर लिई कानुनी सहजताको काम गर्ने गरेको र कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी शिविरमा राख्ने व्यवस्था मिलाउने गरेको अनुसन्धानका क्रममा खुलेको कारोबारमा खबर छ । मानव तस्करीले गर्दा काठमाडौँमा अमेरिका जान इच्छुक व्यक्तिसँग सम्पर्क गरी यहाँका एजेन्टले प्रतिव्यक्ति दश लाख, मेक्सिको पुगेपछि कानुन व्यवसायीले दश लाख र टेक्सास शरणार्थी शिविरमा पुगेपछि दश लाख गरी तीन किस्तामा रकम लिने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com