२ महिना अगाडि अमेरिका आएका रोक्का गलाको क्यान्सरले सिकिस्त, सहयोगको अपिल


प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

२ महिना अगाडि अमेरिका आएका मधु रोक्का गलाको क्यान्सरले सिकिस्त भएपछि सहयोगको अपिल गरिएको छ । ललितपुरको इमाडोलका रोक्का गर्भवती छोरीलाई भेट्न अमेरिकाको मेरिल्याण्ड आएलगत्तै उनलाई गलाको स्वरयन्त्रको क्यान्सर भएको पत्ता लागेको थियो ।

गत मे १६ मा रोक्काको स्वरयन्त्रको सबै भाग हटाउने शल्यक्रिया भएको थियो । सामान्य शल्यक्रियाको विपरीत यो शल्यकृया धेरै चुनौतीपूर्ण भएको र शल्यकृयापछि संक्रमणसँग जुध्नुपरेको पारिवारिक श्रोतको भनाई छ । जसका कारण अर्को सर्जिकल प्रक्रियाबाट गुज्रिरहेको जनाइएको छ । उनको उपचार जोन हप्किन्स अस्पतालमा भइरहेको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

छोरी रबिना रोक्काका तर्फबाट सुरु गरिएको गोफण्डमीमा बुबाले निको हुनका लागि लामो बाटो सामना गर्नुपरेको बेला क्यान्सरको उपचारमा लाग्ने खर्चले उनलाई ठूलो मानसिक तनाव थोपरेको उल्लेख गरिएको छ । बुबाले आफ्नो बचत शल्यक्रियाका लागि प्रयोग गर्न सफल भए पनि उपचारमा लाग्ने खर्च आफूहरुको सीमाभन्दा बाहिर रहेको उल्लेख गर्दै छोरीले सहयोगको अपिल गरेकी छिन् ।

छोरीले अपिल गरेकी छिन् – ‘म यहाँहरु सबैलाई सक्दो सहयोग गर्न अनुरोध गर्दछु । मेरो बुबालाई क्यान्सरविरुद्ध लड्न मद्दत गर्नुहोस् । क्यान्सर उपचारको यो लामो यात्रालाई लड्न मेरो बुबाको लागि तपाईंको प्रत्येक पैसाको अर्थ धेरै छ । हाम्रो जीवनको यो अप्रत्याशित समयमा एक साथ आउनु भएकोमा म सधैं ऋणी र तपाईंहरू प्रत्येकप्रति आभारी छौं ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com