विद्यालयमा आगलागी हँुदा सात विद्यार्थीको मृत्यु


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

नैरोबी (केन्या), १७ भदौ । केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ ।
विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताउनुभयो ।
मन्त्री माटिङले घटनास्थलको स्थलगत अबलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उहाँले बताउनुभयो ।
“यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं,” उहाँले भन्नुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com