न्युयोर्कमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित


प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

girl in white sweater and blue denim jeans sitting on floor

Photo by bruce mars

न्युयोर्क राज्यको संसदले शुक्रबार बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बिल पारित गरेको छ । यो बिलले अभिभावकहरूलाई आफ्ना बच्चाहरूको सोशल मिडिया एल्गोरिदमहरू नियमन गर्न अनुमति दिनेछ। यो कदम बालबालिकामा सामाजिक सञ्जालको लतको चिन्ताको बीचमा आएको हो।

बिलले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १८ वर्ष मुनिका मानिसहरूलाई सुझाव गरिएका पोस्टहरू देखाउनबाट रोक्ने, आमाबाबुको सहमति बिना मध्यरात र बिहान ६ बजे सम्म नाबालिगहरूलाई सुझाव गरिएका पोस्टहरूको बारेमा नोटिफिकेशन पठाउन प्लेटफर्महरूलाई रोक लगाउने, फलो गरेका एकाउन्टका मात्र पोस्टहरू देखाउने लगायतका प्रावधानहरु समेटेको छ ।

बिल अन्तर्गत नाबालिगहरूले प्रमाणित अभिभावकीय सहमति भएको खण्डमा भने सुझाव गरिएका पोस्टहरू हेर्न सक्नेछन् । एटोर्नी जनरल लेटिया जेम्सले प्रयोगकर्ताको उमेर र अभिभावकको सहमति स्थापित गर्ने संयन्त्र निर्धारण गर्ने जनाइएको छ ।

गभर्नर क्याथी होकुलले छिट्टै बिलमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। जेम्सले ती दिशानिर्देशहरू सेट गरेको १८० दिन पछि बिल लागू हुनेछ । न्युयोर्कको सोशल मिडिया बिलले गरेको सेन्सरिङको बारेमा प्रविधि उद्योगबाट ठूलो आलोचना भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै मानिसहरूले उमेर प्रमाणीकरणले काम गर्ने प्रकृयाबारे प्रश्न गरेका थिए । साथै यो प्रक्रियाले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूको गोपनीयता कमजोर पार्नसक्ने चिन्ता व्यक्त गरिएको थियो । नेटच्वाइसका उपाध्यक्ष र जनरल काउन्सिल कार्ल साबोले यसलाई न्युयोर्क राज्यद्वारा स्वतन्त्र अभिव्यक्ति र खुला इन्टरनेटमा आक्रमण भएको बताएका छन् ।

दबाब बढेकाले केही प्लेटफर्महरूले आफ्ना साइटहरूमा अभिभावकीय नियन्त्रणहरू थप्न थालेका छन् । गत वर्ष इन्स्टाग्राम र फेसबुकले अभिभावकहरूलाई उनीहरूको बच्चाहरूले एपहरूमा कति समय बिताउँछन् भनेर निगरानी गर्ने समय सीमा तोक्न अनुमति दिएको थियो ।

संघीय स्तरमा पनि सांसदहरूले यस मुद्दामा फराकिलो कानून पारित गर्न प्रयास गर्न बाल सोशल मिडिया सुरक्षामा कांग्रेसको सुनुवाइ जारी राखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com