इजरायली हवाई हमलामा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु , ४ जना बन्धकलाई मुक्त गरिएको इजरायलको दावी


प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताउनुभएको छ ।

यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए ।

यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, “हाम्रो सेनाले यस क्षेत्रमा आतङ्कवादी संरचनामा आक्रमण गरिरहेको र चार इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।”

शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ । बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com