पहिरोमा परी रसियामा पाँच सय जना अलपत्र


प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार

मस्को,  विभिन्न दश देशका १३० जना विदेशी सहित पाँच सय भन्दा धेरै जना रसियामा एउटा पहिरोका कारण विभिन्नस्थानमा फसेका छन् ।
दक्षिणपुर्बी रसियाको पहाडी क्षेत्र काबर्डीनो बाल्करियामा गएको पहिरोका कारण उनीहरू थुनिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रसियाका सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन् ।
स्थानीय बासिन्दा बाहेक दर्तावाल ४९ ओटा पर्यटन समुहका ३५० जना पर्यटक थुनिएका हुन् ।
थुनिएका पर्यटकहरू अमेरिका, जर्मनी, पोल्याण्ड, स्लोभेनिया, मलेसिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, भारत, इजिप्ट, बुल्गेरिया, मोल्डोभा र युक्रेनका रहेको आरआईए नोभोस्टी समाचार समितिले जनाएको छ ।
टास समाचार समितिले भने काबार्डीनो बाल्कारिआको एल्ब्रुस क्षेत्रमा सात हजार सात सय जना थुनिएको हुन सक्ने समाचार लेखेको छ ।
त्यसैगरी इन्टरफ्याक्स समाचार समितिले घटनास्थलमा २६० जना विदेशी पर्यटकलाई सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ ।
रुसमा रहेको चिनियाँ दूतावासले घटनामा आफ्नो देशका नागरिकहरू पनि परेको पुष्टी गरेको छ ।
रुसको आपतकालिन मन्त्रालयले घटनास्थलबाट उनीहरूलाई उद्धार गर्न र सहयोगका लागि सरकारी संयन्त्रहरू परिचालन गरिएको जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com