अब कोरिया र अमेरिकाको यात्रामा नेपथ्य


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

चर्चित साँगीतिक समुह नेपथ्यले प्रवासतर्फको यात्रा तय गरेको छ । नेपथ्यले दक्षिण कोरियाको सियोल र अमेरिकाको न्युयोर्क र सान्फ्रान्सिस्कोमा आफ्नो संगीत गुञ्जाउनेछ । सेप्टेम्बर १५ मा नेपथ्यले दक्षिण कोरियामा साङ्गीतिक प्रस्तुति गर्नेछ । कोरियाको कार्यक्रम सकेर छोटो समय नेपाल फर्केपछि नेपाथ्यले सेप्टेम्बर २४ मा न्युयोर्कमा कन्सर्ट गर्नेछ ।

छुसक पर्वमा ‘नेपथ्य–कोम्हेन्दो डाङ’

कोरियामा छुसक पर्व नजिकिँदै गर्दा नेपाली संघसंस्थालाई उतिकै चटारो भएको छ । सेप्टेम्बर १४ देखि १६ सम्म मनाइने यो पर्वका लागि ४ वटा संस्थाले नेपाली सांस्कृतिक कार्यक्रम गर्न लागेका छन् । नेपाल तामाङ संघ कोरियाले सेप्टेम्बर १५ मा ‘नेपथ्य–कोम्हेन्दो डाङ’ आयोजना गर्न लागेको हो । ब्यान्डले ‘केबीएस एरिना’ हलमा आफ्नो प्रस्तुति दिने भएको छ ।

गत वर्ष मात्र स्थापना गरिएको यो अन्तर्रा्ष्ट्रिय स्तरको हल हो । यसमा विश्वस्तरीय साउन्ड सिस्टम, लाइट र फुल एयर कन्डिसनको सुविधा छ । एकसाथ ३ हजार दर्शकलाई समेटेर अत्याधुनिक सुविधासहितको साँगीतिक आनन्द दिन सकिने यो हलमा प्रकाश व्यवस्थाका निम्ति ‘स्टेट अफ दि आर्ट हाइटेक लाइटिङ’ र त्यही स्तरको ‘साउण्ड सिस्टम’ जडित छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका दुई सहरमा कार्यक्रम

दक्षिण कोरियाको कार्यक्रमपछी नेपथ्य स्वदेश फर्कनेछ । केहि दिनको बसाइलगत्तै टोली फेरि अमेरिकाका दुईवटा सहरमा कार्यक्रम गर्न त्यसतर्फ जानेछ । अमेरिकाको पहिलो कार्यक्रम २४ सेप्टेम्बरका दिन न्यूयोर्कमा आयोजना हुनेछ । त्यसदिन नेपथ्यले म्यानहटनको त्यही प्रसिद्ध ह्यामस्र्टेन बलरुममा कार्यक्रम हुनेछ । ‘वल्र्ड फेसन परेड’ले कलाका माध्यमबाट विश्वशान्तिको भावना विकास गर्न आयोजना गरिरहेको ‘फेसन विक’ कै मुख्य प्रस्तुतीका रुपमा नेपथ्यको यो कन्सर्ट आयोजना हुन लागेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com