मौरीघार उद्योगबाटै वार्षिक २५ लाख आम्दानी,६ जनालाई रोजगारी


प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार

कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो ।

विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ ।

सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । उद्योगमा छ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लिन छन् ।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिनुभएका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल हुनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मौरीसहितको आधुनिक घारको बजार मुल्य रु। दस हजार र घारको मात्र रु। चार हजार तोकिएको उहाँले जानकारी दिनुभयो ।

“गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरुबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ”, उहाँले भन्नुभयो ।

मह मात्रै बेचेर वर्षमा रु। आठदेखि दस लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाउनुभयो । उद्योगबाट प्रतिकिलो रु। एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ ।

स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ ।

मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उहाँको भनाइ छ । वर्षको दुई याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आउनुभएको छ । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उहाँको भनाइ छ ।

स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उहाँले बताउनुभयो ।

उहाँले मौरीपालन गर्न चाहाने किसानलाई तालिम पनि दिनुहुन्छ । उत्कृष्ट मौरीपालक किसानका रुपमा उहाँ देशविदेशमा सम्मानित हुनुभएको छ । विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले रु। ५० हजार नगदसहित उहाँलाई सम्मानित गरेको थियो ।

मौरीलाई शरीरमा राखेर पनि उहाँ बेलाबेलामा चचार्मा आउने गर्नुभएको छ । उहाँको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

“महानगरले पनि किसानलाई उहाँकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो । प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहाने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताउनुभयो ।

महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com